साँस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा पहिचान निर्माण गरौं: राष्ट्रपति पौडेल

२०८१ माघ १ गते मंगलवार
सारांश
  • नेपालीको पहिचान निर्माण गर्न सकिएमा मुलुकलाई विश्व सामु चिनाउन सकिने बताएका छन् ।

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट र मौलिक पहिचान भएका पर्वहरू मनाउँदै साँस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा मुलुकलाई विश्व सामु चिनाउन सकिने बताएका छन् । 


मंगलबार माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास वयक्र गरे । 


सन्देशमा भनिएको छ, ‘यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्वहरू मनाउँदै साँस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा हाम्रो मुलुकलाई विश्व सामु परिचित गराउन महत्त्वूर्ण भूमिका रहनेछ भन्ने मलाई लाग्दछ।बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु ।’


माघे संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेको र थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँदछन् भने तराईवासीले नहान अर्थात नुहाउने पर्वको रूपमा मनाउँने गरेको उनको भनाई छ । 


उनले आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रही आएको भन्दै घ्यू, चाकु, तरुल, तीलको लड्डु, सेलरोटी तथा खिचडी आदि परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचनल पनि रहेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार