डा. शेखरले सम्झिए गोर्खा सैनिकको योगदान, दुई देशको सम्बन्धको कोशेढुङ्गा
२०८१ माघ १ गते मंगलवार
- नेपालीहरुले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै हाम्रा दुई देशका वीचको दुई शताव्दी लामो मित्रताको आधार हो ।
काठमाडौं: नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले नेपालीहरुले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै दुई देशका वीचको दुई शताव्दी लामो मित्रताको आधार रहेको बताएका छन् ।
बेलायतको संसद(वेस्ट मिनिस्टर)मा सम्बोधन गर्दै उनले दुईलाख भन्दा बढी गोर्खा सैनिकहरुले दुई विश्वयुद्धमा वेलायतको तर्फबाट युद्ध लडेर अमुल्य जीवन गुमाएको भन्दै वेलायती सरकारले उनीहरुको समर्पण र वलिदानको कदर गरी सम्मान गरेकोमा खुसी व्यक्त गरे ।
उनले भने,‘नेपालीहरुले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै हाम्रा दुई देशका वीचको दुई शताव्दी लामो मित्रताको आधार हो । दुवै देशमा जेजस्ता परिवर्तन भएपनि हाम्रो दुई देशका बीचको सम्बन्धमा त्यसले कहिल्यै कुनै असर गरेन, बरु अझ प्रगाढ वन्दैगयो ।
दुईलाख भन्दा बढी गोर्खा सैनिकहरुले दुई विश्वयुद्धमा वेलायतको तर्फबाट युद्ध लडे, कतिले आफ्नो अमुल्य जीवन पनि गुमाए । वेलायती सरकारले उनीहरुको समर्पण र वलिदानको कदर गरी सम्मान गरेकोमा म खुशी छु ।’
नेपालमा संकट परेको बेलामा वेलायतले गरेका निरन्तर सहयोगले दुई देशको सम्बन्धलाई असल मित्रका रुपमा अझ प्रगाढ बनाएको उनको भनाई छ ।
उनले भने,‘नेपालमा संकट परेको बेलामा वेलायतले गरेका निरन्तर सहयोगले हाम्रा दुई देशको सम्बन्धलाई असल मित्रका रुपमा अझ प्रगाढ बनाएको छ । म आफैं एउटा चिकित्सक र राजनीतिकर्मी भएकोले बेलायत सरकारले सन् २०१५ को विनासकारी भुकम्प र कोभिडको बेलामा गरेको सुरुका सहयोगहरु देखेको छु । त्यो बेलामा वेलायती विशेषज्ञहरुले गरेको सेवा र प्रदान गरेका उपकरणहरु हाम्रालागि अत्यन्त उपयोगी रहे । यस्ता व्यवहारका कारण हाम्रो वेलायतीहरु प्रतिको श्रद्धा अझ बढेको छ । ’
उनले वेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सक्ने भन्दै स्वच्छ उर्जा, पर्यटन, जलविद्युत, कृषि र प्रविधि लगायतका अन्य क्षेत्रमा नेपालमा लगानी गर्न यहाँका उद्यमीहरुमा आग्रह गरे ।
दुई देशका सांसदहरुको भ्रमणको आदानप्रदान त हाम्रो जस्तो बहुआयामिक सम्बन्धमा अझ जरुरी रहेको उनको भनाई थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।