कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशहरुमा शाखा विस्तार गर्न कठिनाई : कार्यकारी निर्देशक कार्की

२०८१ पुस २९ गते सोमवार
सारांश
  • नागरिक लगानी कोष ३० औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कर्मचारी व्यवस्थापन नभएर शाखा विस्तारमा समस्या आएको भन्दै कर्मचारीहरुको मनोबल उच्च राख्नुपर्ने बताए ।

काठमाडौं : नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशहरुमा शाखा विस्तारमा समस्या भएको बताएका छन् ।


नागरिक लगानी कोष ३० औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कर्मचारी व्यवस्थापन नभएर शाखा विस्तारमा समस्या आएको भन्दै कर्मचारीहरुको मनोबल उच्च राख्नुपर्ने बताए । 


उनले भने, ‘कर्मचारीको मनोबल उच्च राख्नुपर्छ भन्नेकुरामा यहाँको कार्यकारी निर्देशक, सञ्चालक समिति धेरै नै संवेदनशील रहेको छ । कर्मचारीको मोटिभेसन विना संस्थाले उन्नती प्रगती गर्न सक्दैन भन्ने कुरामा हामी सबै  संवेदनशील भएर लागेका छौ । शाखा विस्तारको कुरामा हामीले मधेश प्रदेशमा शाखा विस्तार गर्नुपर्छ भन्ने कुरामा काम गरिरहेका छौ । अलिकति कर्मचारी व्यवस्थापनले हामीलाइ अप्ठ्यारोे पारेको छ । ’


यसको साथै, उनले अनावश्यक बैंक खाताहरु क्रमिकरुपमा घटाउदै गएको पनि बताए । 
उनले भने, ‘अनावश्यक बैंक खाताहरु क्रमिकरुपमा घटाउदै गएको छौ । नागरिक स्टक डिलरको कुरा हाम्रो सिस्टर अर्गनाइजेसनले व्यवस्थापन गरेका छन् । हाम्रो ५१ प्रतिशत शेयर छ । त्यहाँबाट केही पनि रिटन आउन नसकेको भन्ने कुरा संवेदनशील रुपमा उठाउनु भएको छ ।’ 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार