प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान

२०८१ पुस २९ गते सोमवार
सारांश
  • पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्दै आज प्रहरी प्रधान कार्यालय नक्सालमा उनले सङ्गठनको विकास र सुदृढीकरणमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका हुन् ।

काठमाडौँ, २९ पुसः प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पेसागत निष्ठा, व्यावसायिकता र इमानदारितालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् । 

 

पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्दै आज प्रहरी प्रधान कार्यालय नक्सालमा उनले सङ्गठनको विकास र सुदृढीकरणमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका हुन् ।

 

“पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुसीभन्दा माथि राख्दै पदीय जिम्मेवारी र जवाफदेहिता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देश गर्दछु”, प्रहरी महानिरीक्षक कुँवरले भने । पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले सङ्गठनको छवि उच्च गर्न र बृहत्तर हितका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

 

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कडायत र रवीन्द्र केसी, प्रहरी नायब महानिरीषकहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरूण पौडेल र गोविन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरिएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार