रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश
२०८१ पुष २५ गते विहिवार
- लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरुले खुशीयालीमा पोखरामा जुलुश समेत निकालेका छन् ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थुनामुक्तको आदेश भएपछि समर्थकहरुले खुशीयाली मनाएका छन् ।
लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरुले खुशीयालीमा पोखरामा जुलुश समेत निकालेका छन् ।
समर्थकहरुले ‘यो जीत कसको जनताको, रवि दाइ हाइहाइ’ नारा लगाएका थिए । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनलाई धरौटी बुझाएलगत्तै प्रहरीले काठमाडौं ल्याउने तयारी भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा काठमाडौं अदालतमा छ ।
कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको हो । बिहीबार नै आदेश आउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता अदालत परिसर पुगेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।