कांग्रेस नेता विश्वकर्माले निजी लगानीमा बनाए सामुदायिक स्वास्थ्य इकाई भवन
२०८१ पुष २२ गते सोमवार
- सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित बराह मन्दिर परिसरमा नेता विश्वकर्माले आफ्ना स्वर्गीय बुवा आमाको स्मृतिमा ‘टिका–बखत भवन सामुदायिक भवन’ निर्माण गरेका हुन् ।
सुनसरी: नेपाली कांग्रेसका नेता एवम् पूर्वउद्योग वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाइका लागि भवन निर्माण गरिदिएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित बराह मन्दिर परिसरमा नेता विश्वकर्माले आफ्ना स्वर्गीय बुवा आमाको स्मृतिमा ‘टिका–बखत भवन सामुदायिक भवन’ निर्माण गरेका हुन् ।
आइतबार उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको उदघाटन गर्दै बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई हस्तान्तरण गरे । नगरपालिकाले उक्त भवनबाट सामुदायिक स्वास्थ्य इकाईको सेवा सञ्चालन गर्नेछ ।
हाल कांग्रेसको केन्द्रीय सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुखसमेत रहेका नेता विश्वकर्माले आफ्ना स्वर्गीय आमा टिकामाया र स्वर्गीय बखत्बहादुरको सम्झनामा उक्त भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि करिब ६० लाख रुपैयाँ खर्च भएको छ ।
बराह क्षेत्र मन्दिरमा आउने भक्तजन्, तीर्थालुसहित स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको नेता विश्वकर्माले बताए ।
‘दुई वर्ष लगाएर यहाँ भवन निर्माण भएर अब सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको अवस्था बनेको छ । यसले मन्दिरमा आउने धर्मावलम्बी र स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्नका लागि सहज हुन्छ भन्ने अपेक्षा राखेको छु,’ उनले भने।
भवनको उदघाटन गर्दै उपप्रधानमन्त्री सिंहले मन्दिर क्षेत्रको पवित्रस्थलमा सेवाभावले भवन निर्माण गरी अब स्वास्थ्य इकाई सञ्चालन हुन लागेकोप्रति खुसी व्यक्त गरे । उनले भवन निर्माणकालागि विश्वकर्मा परिवारको प्रशंसा समेत गरे ।
सो अवसरमा जोखिममा रहेको बराह क्षेत्र बचाउन बराहक्षेत्र गुठी व्यवस्थापन समितिले उपप्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र समेत बुझायो । बराहक्षेत्र मन्दिर परिसर र बस्ती नै गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले जोखिममा परेको उनीहरूको भनाइ छ । भवनमा बिरामी जाँच कक्ष, स्वास्थ्यकर्मी आवास, सभाहल र पाहुना कक्ष समेत रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।