नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकता

२०८१ पुष २० गते शनिवार
सारांश
  • उनीहरुले यो एकता र ध्रुवीकरणले एकीकृत जनक्रान्तिका मित्रवर्ग, शक्ति र समुदायलाई एकतबद्ध बन्न एक कदम अगाडिबाट सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबीच ऐतिहासिक एकता भएको घोषणा गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त एकता घोषणा भएको हो । 


उनीहरुले यो एकता र ध्रुवीकरणले एकीकृत जनक्रान्तिका मित्रवर्ग, शक्ति र समुदायलाई एकतबद्ध बन्न एक कदम अगाडिबाट सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् । 
सोही क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले देशको तीन ठूला दलले नेपालको नेतृत्व गर्दैगर्दा देश र जनतालाई के दियो भनेर हेर्ने हो भने प्रश्न बाहेक केही नदेखिएको बताएका छन् । 


उनले भने, ‘नेपाली काङ्ग्रेस ६ सालदेखि देशको नेतृत्व गर्ने मौका पाएको छ र धेरैपटक प्रधानमन्त्री पनि भइसकेको छ । अहिले पनि नेपाली काङ्ग्रेस सरकारमा छ । तर काङ्ग्रेसले नेतृत्व गरेपछि नेपाली जनतालाई के दिन्छ भन्ने कुरामा स्पष्टता छैन् । नेकपा एमालेको नेतृत्वमा सरकार छ तर एमालेले देशलाई के दियो र के दिने चहाना छ भनेर सोच्ने हो भने प्रश्न मात्र देखिन्छ । माओवादी केन्द्रले पनि एकताको कुराहरु गरिरहेकै छ तर तीन पटक प्रधानमन्त्री हुदाँ पनि जनतालाई के दिन्छ भन्ने कुरा प्रश्न नै छ ।’ 


यस्तै, क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोही संयोजक जितेन्द्र सीले जनताको अवस्था परिवर्तनको लागि देशभर नै अभियान सञ्चालन गर्ने भन्दै एक महिनाभित्र देशभर यो अभियानलाई लाने प्रतिबद्धता व्यक्त गरेका छन् ।   


उनले भने, ‘हामी स्पष्ट छौ र लड्न पनि तयार छौ । तर जनताको परिवर्तन हुनुपर्छ, परिवर्तनको लडाई लड्नुपर्छ र यसमा हामी दृढ छौ । यो अभियान देशै भर हुनेछ यसमा मैले गति दिने छु र निरन्तर रुपमा लाग्ने पनि छु । एक महिनाभित्र देशभर यो अभियानलाई लाने प्रतिबद्धता पनि व्यक्त गर्न चहान्छु ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार