- बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गरिनेछ ।
काठमाडौं: आज संघिय संसद अन्र्तगत ६ वटा समितिको बैठक बस्दै छ । जसअन्र्तगत अर्थ समितिको बैठक बिहान ११ बजे अर्थ समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिदैछ ।
यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ११ बजे समितिको सभाकक्षमा बस्दैछ । बैठकको कार्यसूचीमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा र नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थितिको बिषयमा छलफल हुदैछ ।
त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ३१ औं बैठक पनि आज ११ बजे बस्दैछ । बैठकमा नेपालमा जलबायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरु तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरुमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरु र आगामी दिनहरुमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउँने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिदैछ ।
यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको पचपन्नौँ बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गरिनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को सम्बन्धमा छलफल हुदैछ ।
यस्तै, आज संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको २९ औँ बैठक पनि बस्दैछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ । बैठक बिहान ११ः०० बजे बस्दैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।