गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ : सभापति देउवा
२०८१ पुष १६ गते मंगलवार
- मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनिय बनाउने सबैको कर्तव्य भएको बताए ।
काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनिय बनाउने सबैको कर्तव्य भएको बताए ।
उनले भने,‘आजको जुन यो गणतन्त्र छ यसलाई सफल पार्न र अझै विश्वसनिय बनाउनका लागि सबैको कर्तव्य हो । मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ । र यसलाई अझै सुदृढ बनाउन आवश्यक छ ।’ त्यस्तै उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताए ।
त्यस्तै कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण नै आज नेपाली राजनीति यहाँसम्म आइपुगेको बताए ।
उनले भने,‘नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण जनताको अधिकारको लागि गरेको संघर्षको कारण आज नेपाली राजनीति यहाँसम्म पुगेको छ । आधुनिक नेपालको राजनीतिक जग बनाउने काम नेपाली कांग्रेसको नेतृत्वले नै बनेको छ ।’
त्यस्तै अर्का नेता राजन केसीले राजीनितक क्रान्ति सफल पारेपनि आर्थिक क्रान्ति भने सफल पार्न नसकिएको भन्दै त्यही कारणले राजनीतिक सफलता कुनैपनि बेला धरापमा पर्न सक्ने खतरा रहेको बताए ।
उनले भने,‘हामीले राजनीतिक क्रान्ति त सफल पा¥र्यौ तर आर्थिक क्रान्ति भने सफल पार्न सकेनौं । त्यसैले हामीले ल्याएको राजनीतिक सफलता पनि कुनै पनि बेला धरापमा पर्न सक्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।