क्रिसमसको समयमा बालिकाहरूलाई नाङ्गै बनाउने चर्च बिरुद्ध उजुरी

२०८१ पुष १५ गते सोमबार
सारांश
  • हिजो पुष १४ गते त्यसरी नाङ्गै अभिनय गर्न लगाईएका बालिकाहरूले सुनसरी जिल्ला प्रशासन कार्यालयको नाममा न्यायको लागि उजुरी गरेका छन्।

धरानको होसना ब्यापटिस चर्चामा क्रिसमसको समयमा वाईवलमा आअधरित श्रिस्टि सम्बन्धि नाटक मंचन गर्ने क्रममा कलाकारका रुपमा प्रस्तुत गरिएका बालिकाहरूलाई नाङ्गै अभिनय गर्न लगाईएको बारे सर्बत्र बिरोध भैरहेको छ । 

 

हिजो पुष १४ गते त्यसरी नाङ्गै अभिनय गर्न लगाईएका बालिकाहरूले सुनसरी जिल्ला प्रशासन कार्यालयको नाममा न्यायको लागि उजुरी गरेका छन्।  

 

निवेदनमा भनिएको छ "हामीले बगैचामा नाटक देखाउने क्रममा बगैंचामा डुल्ने बेला नाङ्गै डुल्नु भनेर हामीले नमान्दा नमान्दै जबर्जस्ति कपडा खोल्न लगाईयो । नाटकको तयारी थाल्दा एक्लै कोठामा जबर्जस्ति गर्ने, शरिर छाम्ने, गोप्य अंग छुने गर्दा धेरै पटक यसो नगर्नु भन्दा यशुले तिमीहरूलाई मुक्ति दिनुहुन्छ भनेर फ़काईयो । नाटकको अन्तिम दिन तिमीहरूले यशुसँग जे मागे त्यहि दिनुहुन्छ भनेर फ़काईयो । हाल हाम्रो भिडियो धेरै साथि र परिवारलाई पठाएर हामीलाई ज्यादै मानसिक तनाव भएको छ।  हिजो आज पढन, निदाउन र खानपिन गर्न पनि धेरै मानसिक तनाव भएको छ।  हाम्रो भिडियो पोर्न साईटमा पनि राखेर बेईज्यत भएको छ।  

 

त्यसैले हामी बालिका माथि अन्याय भएको छ । यस कार्यमा लाग्ने चर्चका पास्टरलाई (डेबिड लिम्बु) नाम परिवर्तित, कारबाही गरिपाउँ भनेर जिल्ला प्रशासन कार्यालय सुनसरी, मानव अधिकार आयोग प्रदेश कार्यालय, नेपाल महिला आयोगको अनलाईन उजुरी ११४५ दर्ता गरेका छौं।  हामीले उक्त चर्चको पास्टरको नाम र हाम्रो सत्य नाम यसै निवेदन सँगै राखेका छौं।"

 

यसरी बालिकाहरूले निज चर्चका पास्टरलाई कारबाहीको माग सहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई अनुरोध गरेका छन्।  यतिबेला उक्त भिडियो सामाजिक संजालमा भाईरल भैरहेको छ भने ईसाईकराण र यसले भित्र्याएको विकृतिको पनि कडा आलोचना भैरहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार