स्वादिलो टोखाको चाकु: युरोप, अमेरिका र अष्ट्रेलियासम्म रुचाइयो
२०८१ पुष १४ गते आईतबार
- अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशहरुमा चाकु बढी मात्रामा जाने गरेको उनको भनाइ छ ।
काठमाडौं । चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम मौलिक परिकार हो । सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भएतापनि माघे संक्रान्तिको बेला बढी खपत हुनेगर्छ ।
काठमाडौं उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्ने वित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपी, टोखा चाकुको लागि प्रख्यात ठाँउ हो ।
टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्तिमा बढी चाकुको माग हुने भएकाले तिहारलगत्तै चाकु बनाउने काम धमाधम भइरहेको छ । विगतमा दुई प्रकारको चाकु बनाएपनि अहिले माग अनुसार १६ किसिमका चाकु बनाउने गरिएको छ ।
टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिइ रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताए ।
उनले भने, ‘चाकु व्यवसायले निरन्तर चार पुस्ता टेकेको छ । माघे संक्रान्तिमा चाकु खानुपर्छ भन्ने भाष्य समाजमा हरेकाले तिहार लगत्तै यो दुई महिना चाकुको अत्याधिक बजारमा पठाएका छौं । चार पुस्तासम्म पेशामा निरन्तर लागि रहेका छौ । पेशा मात्र नभएर ऐतिहासिक, पौराणिक र मौलिक स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेका छौ ।’

चाकुले शरीरलाई तातो बनाउने र बलियो बनाउने हुदाँ चिसो मौसममा यसको खपत बढी हुने गरेको उनले बताए । चाकुको उत्पादन दुई महिना मात्र भएपनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने श्रेष्ठको भनाई छ । उनले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको पनि बताए ।
उनका अनुसार पछिल्लो समय राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि चाकु निर्यात गर्ने गरेको छ । अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशहरुमा चाकु बढी मात्रामा जाने गरेको उनको भनाइ छ ।
उनले भने, ‘राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि टोखाको चाकुको माग बढेको छ । वर्षमा कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक छैन् । यहाँ अफ सिजन हुँदा बाहिर देशमा सिजन हुन्छ । सोही अनुसार निर्यात गर्ने पनि गरेका छौ । अष्ट्रेलिया, जर्मन, जापान, कोरिया जस्तो चिसो हुने देशमा चाकुको माग बढी हुन्छ ।’
उनले चाकुको प्रकार अनुसारको मूल्य फरक हुने गरेको उनले बताए । चाकु व्यवसायले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग गर्ने गरेको भएपनि सरकारले त्यती ध्यान नदिएको पनि उनको गुनासो छ । उनले आफूहरुले दिएको करबाटै हामीलाई अनुदान दिएको भएपनि सहयोग गर्न असहज मान्ने गरेको उनले आक्रोश व्यक्त गरे ।
उनले भने, ‘स्थानीय सरकारले व्यवसायलाई हेरेको छ जस्तो लाग्दैँन् । हामीले तिरेको कर हामीलाई नै दिने हो । १० लाख माग गर्यौ भने दुई लाख आउँछ । स्थानीय सरकारले चासो नै दिएको छैन् । नेताहरुले भाषण मात्र गर्ने हो काम कसैले गर्दैन् । अनुदानको नाममा हामीबाट चाकु नै लिएर जानुहुन्छ ।’
यसको साथै, बाहिर पठाउने चाकुको ल्याब टेस्ट पनि भारतमा गएर गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा नै यसको व्यवस्था गर्नसके व्यवसायीहरुलाई सहज हुने श्रेष्ठको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चन्द्र भण्डारीको प्रधानमन्त्री शाहलाई आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्
-
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित
-
राप्रपा विभाजित: नयाँ राष्ट्र्वादी शक्ति निर्माण गर्ने डा. धवलशमशेर राणाको घोषणा
-
संसदमा प्रधानमन्त्री शाहको जवाफप्रति महेश बस्नेतको टिप्पणी
-
राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।