नेपालको कला, संस्कृतिको ऐतिहासिक महत्व छ: प्रधानमन्त्री ओली
२०८१ पुष १३ गते शनिवार
- मन्दिरहरु, मन्दिरका शैलीहरुको आफ्नै महत्व छ । आफ्नै ऐतिहासिकता छ । हजारौं वर्ष अगाडिदेखि हाम्रा कलाहरु अत्यन्तै स्थापित छन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला, संस्कृतिको ऐतिहासिक महत्व रहेको बताएका छन् ।
शनिबार नेपाल सम्वत् ११४५ न्हुः देंको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्दै उनले हाम्रा मन्दिरहरु र मन्दिरका शैलीहरुको विशेष महत्व रहेकाले नेपाल आफैंमा भरिपूर्ण रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रा चाडहरु, कला संस्कृतीहरु अत्यन्तै महत्वपूर्ण छन् । नेपालको कला, नेपालको संस्कृतिको ऐतिहासिक महत्व छ । मन्दिरहरु, मन्दिरका शैलीहरुको आफ्नै महत्व छ । आफ्नै ऐतिहासिकता छ । हजारौं वर्ष अगाडिदेखि हाम्रा कलाहरु अत्यन्तै स्थापित छन् ।’
साथै उनले विभिन्न देशका मानिसहरु नेपालको कलाहरु सिकिरहेको समेत बताए । उनले नेपाल नै कला, संस्कृति र सभ्यताको देश भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’