राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
२०८१ पुष १० गते बुधवार
- उक्त बधाई तथा ज्ञापन पत्र कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भए राज्य कमजोर हुने बताएका छन् ।
काठमाडौं । नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ । बुधबार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो ।
उक्त बधाई तथा ज्ञापन पत्र कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भए राज्य कमजोर हुने बताएका छन् । उनले राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘वास्तवमा पोलिटिकल क्षेत्रका मान्छेहरुले सञ्चार क्षेत्रमा गलत सूचना सुशुचित भएको भनिरहेका हुन्छन् । तर यसमा सञ्चार क्षेत्रले जवाफदेही हुनुपर्छ । यदी यस्तो भएन भने सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भयो भने राज्य कमजोर हुन पुग्छ । यो नहोस् भन्नका लागि पूर्ण ढंगले भूमिका सबैले खेल्नुपर्छ ।’
साथै, उनले राजनीतिक क्षेत्रमा देखा परेका विकृति, विसंगतिहरु सञ्चार क्षेत्रले सकारात्मक तरिकाले कलम चालेर समाधमा गर्नुपर्ने बताए । उनले राष्ट्रिय मुद्दाहरुमा कांग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गरेका छन् ।
यसैगरी, उक्त कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथी हुने आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने बताएकी छन् ।
उनले हरेक व्यवसायी पत्रकारहरुको लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशिल रहेने बताएकी हुन् ।
उनले भनिन् ,‘मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथी हुने आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने छौं । हरेक व्यवसायी पत्रकारहरुको लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशिल रहेर काम गर्ने छौं ’
साथै, उनले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने बताइन् । उनले सकारात्मक परिवर्तनका लागि पत्रकार महासंघ सधैं लोकतन्त्र र राज्यको लागि दरिलो खम्बा बनेर अगाडि बढ्ने बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।