- बुुधबार स्वं राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले विपी कोइरालाको जुन विचार छ त्यो विचारमा नै अडिक रहेर राजनीति गनुपर्ने बताएका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताएका छन् ।
बुुधबार स्वं राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले विपी कोइरालाको जुन विचार छ त्यो विचारमा नै अडिक रहेर राजनीति गनुपर्ने बताएका हुन् ।
उनले भने, ‘जिवन हामीले एक चोटी पाउने हो । तपाईंले कसरी प्रयोग गर्नुहुन्छ ? तपाईंको परिचय तयसबाट हुन्छ । मरीसकेपछि मान्छेले सम्झिन्छन् । आज विपी कोइरालालाई किन सम्झिन्छौं ? उहाँ करोडपति त हुनुहुन्थ्यो । विपीले आफ्नो लागि नभएर अरुको लागि आफ्नो जिवन प्रयोग गर्नुभयो ।
तपाईं आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ । आफ्नै बारेमा मात्र चिन्ता गरेर गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन । हाम्रो समाज कस्तो छ ? हजारौं वर्षदेखी चलिरहेको समाजको निरन्तरता हामीले दिने हो । विपी कोइरालाको जुन विचार छ त्यो विचारमा अडिग रहेर हामीले अगाडि बढ्नुपर्छ।’
साथै उनले आफ्नो लागि नभैइ अर्काको लागि राजनीति गर्नु नै सबैभन्दा राम्रो पक्ष भएको बताए । उनले जब अर्काको लागि गरिन्छ तब मात्र राजनीति सुरु हुने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’