सान्टा क्लजले गर्ने कार्बन उत्सर्जन: रूख काट्नेदेखि खाना फाल्नेसम्म
२०८१ पुष ९ गते मंगलवार
- हरेक वर्ष क्रिसमसको समयमा २,२८,००० माइल बराबरको सामान ऱ्याप गर्ने प्लाष्टिकको कागज फालिन्छ ।
कार्बन उत्सर्जन र खाद्य संकटको मुद्दा विश्वभरी चर्चाको महत्वपूर्ण विषय बनेको छ। यसै पृष्ठभूमिमा, क्रिसमस उत्सव प्रत्येक वर्ष प्रदूषणको एक ठूलो स्रोतको रूपमा देखा परेको छ, लाखौंको संख्यामा फोहोरको प्याकेजिङ सामग्रीहरू, करोडौं माइल बराबको ऱ्यापिङ पेपरहरु, कागजका कार्डहरु, लाखौं रूखहरू काट्नेदेखि लिएर ठूलो परिमाणमा खाद्य बर्बादीसम्म हुँदै आएको छ ।
विश्वभरका लाखौं क्रिस्चियनहरूले क्रिसमस मनाउँछन् र आफ्ना परिवार र साथीहरूलाई कार्डहरू, उपहार र्यापिङ, इलेक्ट्रोनिक्स र प्लास्टिकहरू समावेश गरी उपहारहरू पठाउँछन्, जसले युरोप, संयुक्त राज्य अमेरिका (यूएस), अष्ट्रेलिया र अन्य देशहरूमा मुख्य रूपमा फोहोर फाल्ने जमिनहरु भरिभराउको स्थितिमा पुग्नेगर्छ । यसका अतिरिक्त, खानेकुराहरु खेर फाल्ने, प्रयोग गरिएको प्लास्टिकको क्रिसमसका रूखहरू फ्याँक्नाले वातावरणीय रूपमा पनि क्रिसमस एकदमै हानिकारक चाडहरूको रुपमा आउँदछ ।
विभिन्न रिपोर्टहरुका अनुसार, युनाइटेड किंगडम (युके) मा मात्र वार्षिक एक अरब क्रिसमस कार्डहरू बेचिन्छन् । 'द रोयल मेल' को अनुसार, यसले बेलायतमा क्रिसमसको समयमा १५ करोड कार्डहरू डेलिभर गर्दछ । संयुक्त राज्यमा, हलमार्क र ग्रीटिंग कार्ड संघका अनुसार, अमेरिकीहरूले प्रत्येक वर्ष लगभग १ अर्ब ३० करोड कार्डहरूको आदन-प्रदान गर्छन् । ध्यान रहोस - ३,००० क्रिसमस कार्ड बनाउन एउटा रूख काट्नुपर्छ ।
एक आँकलन अनुसार, विश्वभरी कार्डको लागि मात्र ३ करोड ३० लाख भन्दा बढी रूखहरू काटिने गर्छ । साथै, विभिन्न रिपोर्टहरूका अनुसार प्रत्येक क्रिसमसमा १२ करोडभन्दा बढी रूखहरू काटिन्छन्, जसले गर्दा २-३ अर्ब किलोग्रामको कार्बन फुटप्रिन्ट छोड्नेगर्छ । यहाँ, बेलायतले वार्षिक लगभग ८० लाख रूखहरू खपत गर्दछ, जबकि अमेरिकामा, क्रिसमसको समयमा साढे तिनएखि ४ करोड रूखहरू बेचिन्छन् ।
हरेक वर्ष क्रिसमसको समयमा २,२८,००० माइल बराबरको सामान ऱ्याप गर्ने प्लाष्टिकको कागज फालिन्छ । सन् २०१८ मा, एक अनुमान अनुसार ब्रिटिशहरूले क्रिसमस समाप्त भएपछि झण्डै ११ करोड रोल बराबर 'ऱ्यापिङ पेपर' फ्याँकेका थिए । अमेरिकामा, क्रिसमसको समयमा थप ५० लाख टन फोहोर उत्पन्न हुन्छ, जसमा ४० लाख र्यापिङ पेपर र शपिङ ब्यागहरू मात्र हुनेगर्छ ।
महत्त्वपूर्ण कुरा के भने, बेलायतले क्रिसमसमा उत्पादन गरेको प्लास्टिकको फोहोर ७६ हजार जिराफको वजन बराबर छ, र यूकेको क्रिसमसको सबै फोहोरहरू हटाउन २ करोड ६० लाख पाउण्ड (झण्डै साढे ४ अर्ब रुपैँया) खर्च हुनेगर्छ । बेलायतमा, क्रिसमसको समयमा २० लाख टर्की चराहरू, ५० लाख क्रिसमस मिठाईहरू, र ७ करोड ४० लाख माइन्सपाई (किमाको परिकार)हरू खान योग्य हुँदाहुँदै पनि डिस्पोज गरिन्छ, जसले गर्दा कुल २,७०,००० टन खाद्य बर्बाद हुनेगरेको छ ।
अष्ट्रेलियामा मात्रै, प्रत्येक वर्ष ५० लाख टन भन्दा बढी खाना फोहोरको डङ्गुरमा फालिन्छ । बेलायतमा क्रिसमसमा उत्पादन हुने फोहोरको मात्रा बाँकी वर्षको तुलनामा ३० प्रतिशत भन्दा बढी हुन्छ। साथै, अमेरिकीहरूले वर्षको अन्य कुनै पनि समयको तुलनामा 'थ्याङ्क्स गिभिङ'देखि नयाँ वर्षको छुट्टीको अवधिमा २५ प्रतिशत बढी फोहोर फाल्ने गर्छन्, जसले साढे २ करोड टन फोहोर उत्पादन गर्छ !
अर्गनाइजर डटकममा प्रकाशित लेखलाई अनौपचारिक उल्था गरिएको।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।