म्याद थप्नका लागि रवि र छविसहित चार जनालाई लगियो अदालत

२०८१ मंसिर २७ गते विहिवार
सारांश
  • सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामीछानेलाई अदालत उपस्थित गराइएको छ ।

पोखरा: सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामीछानेलाई अदालत उपस्थित गराइएको छ ।

 

म्याद थपका लागि रविलाई जिल्ला अदालत कास्की उपस्थित गराइएको हो ।

 

पछिल्लो पटक मंसिर २३ गते जिल्ला अदालत कास्कीले चार दिन म्याद थप गरेको थियो । मंगलबार वीरगञ्ज लगेर उनलाई बुधबार पोखरा ल्याइएको छ ।

 

रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि अदालत लगिएको छ ।

 

उनीहरुलाई पनि रविकोसँगै चार दिन म्याद थप भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार