सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए

२०८१ मंसिर ९, आईतबार
सारांश
  • सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

काठमाडौं - सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

 

प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् । उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

 

मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५-२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती रहेको प्रहरीले जनाएको छ ।

 

उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेका थिए । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार