१८ वर्षयताकै खराब लयमा म्यानचेस्टर सिटी

२०८१ मंसिर ९, आईतबार
सारांश
  • इंग्लिस क्लब म्यानचेस्टर सिटी १८ वर्षयताकै खराब लयमा देखिएको छ। पेप ग्वार्डिओलाको सिटी उनले समाल्हेयता कहीपनि यति कमजोर बनेको थिएन।

इंग्लिस क्लब म्यानचेस्टर सिटी १८ वर्षयताकै खराब लयमा देखिएको छ। पेप ग्वार्डिओलाको सिटी उनले समाल्हेयता कहीपनि यति कमजोर बनेको थिएन।

 

शनिबार टोटेनह्यामसँग पराजित भएसँगै सिटीलगातार ५ खेलमा पराजित भयो। च्याम्पियन्स लिगका दुई र प्रमियर लिगका ३ खेलमा पराजित सिटी प्रिमियर लिगको दोस्रो स्थानमा कायम छ।

 

टोटेनह्यामको जितमा जेम्स म्याडिसनले दुई गोल गर्दै आफ्नो टोलीलाई म्यानचेस्टर सिटीविरुद्ध शानदार जित दिलाए। यो हारसँगै सिटीले २००६ पछि पहिलो पटक लगातार पाँच खेल गुमाएको छ। खेलमा म्याडिसनले १३ औं र २० औं मिनेटमा गोल गर्दै सिटीविरुद्ध रवाफिलो सुरुवात दिलाएका थिए।

 

त्सपछि दोस्रो हाफमा पेड्रो पोरो र इन्जुरी समयमा ब्रेनन जोनसनले टिमका लागि चौथो गोल गर्दा इतिहाद स्टेडियममा 52 खेलको अपराजित यात्रा अन्त भयो। सिटीले २०२२ को कतार विश्वकप सुरु हुनु अघिबाट इतिहाद स्टेडियममा पराजित हुनुपरेको थिएन।

 

सिटीका लागि घरेलु मैदानमा २००३ यताको यो हार फराकिलो हारका रुपमा समेत रह्यो। २००३ मा सिटी लन्डन क्लब आर्सनलसँग ५-१ ले हारेको थियो।

 

त्यस्तै पहिलो पटक पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले लगातार तीन प्रिमियर लिग खेलमा पराजित भएको हो। ग्वार्डिओलाले दुई दिनअघि मात्र नयाँ दुई वर्षे सम्झौतामा हस्ताक्षर गरेका थिए, तर यस हारले उनको व्यवस्थापनमा पहिलो पटक चार गोलको फराकिलो घरेलु हार दर्ता गरायो।

 

टोटनहम समर्थकहरूले पेड्रो पोरोको गोलपछि ग्वार्डिओललाई चिढ्याउँदै ‘तिमीलाई भोलि बर्खास्त गरिन्छ’ भन्ने गीत गाएका थिए। एन्जे पोस्टेकोग्लुको टोटनहमले यो जित कठिन परिस्थितिमा हासिल गरेको हो। दुई मुख्य डिफेन्डर बिना मैदान उत्रिएका टोटनहमले पाँच किशोर खेलाडीलाई बेञ्चमा राखेका थिए। दुई हप्ता अघि इप्सविचसँग २-१ ले हार भोगेका टोटनहमले यसपटक आफ्ना समस्यालाई सजिलै चिर्दै सिटीलाई हराउन सफल भयो।

 

सिटीको यो हार रोड्रिडिका लागि झनै पीडादायी बन्यो। खेलअघि बालोन डी’ओर जितेको अवसरमा उनको सम्मान गरिएको थियो। यस हारले सिटी तालिकाको दोस्रो स्थानमा कायमै छ, तर आइतबार लिभरपुलले साउथह्याम्पटनमाथि जित निकाल्न सके शीर्ष स्थानमा आठ अङ्कको अग्रता लिन सक्छ। यसैबीच, टोटनहम छैटौं स्थानमा उक्लिएको छ र उनीहरू सिटीभन्दा चार अङ्कले मात्र पछि छन्।

 

शनिबारनै भएका अन्य खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१ ले हराउँदा ब्राइटनले बोर्नेमाउथलाई २-१ ले पाखा लगायो। त्यस्तै आर्सनलले टोटिङ्घम फरेस्टमाथि ३-० को जित निकाल्दा ब्रेन्टफोर्ड र एभर्टनले गोलरहित बराबरी खेलेका थिए। वल्भेसले भने फुल्ह्यामलाई ४-१ ले हराएको थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार