धनुषामा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

२०८१ मंसिर ६ गते, विहिबार
सारांश
  • धनुषामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

जनकपुरधाम – धनुषामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

 

बिहीबार बिहान करिब पौने १० बजेको समयमा बाल आवासीय माध्यमिक विद्यालयको ना १ क ९६९६ नम्बरको बसले ठक्कर दिँदा धनुषाधाम नगरपालिका–३ की ३ वर्षीया बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।

 

प्रहरीका अनुसार बसले धनुषाधाम बजारमै बालिकालाई ठक्कर दिएकोमा घाइते भएकी बालिकालाई उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाएकोमा १० बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

 

बालिकालाई ठक्कर दिने स्कुल बस र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार