- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आज ३१.३१ अंकले घटेको हो।
काठमाडौँ – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आज ३१.३१ अंकले घटेको हो।
बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.५३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ।
आज कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको थियो। बुधवारको तुलनामा बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ।
आज नेप्से परिसूचका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.८६ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा,विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी गिरावट आएको छ।
नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’