डडेल्धुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
२०८१ मंसिर ४ गते, मंगलबार
- डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
डडेल्धुरा – डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो।
दुर्घटनामा सात जना घाइते भएका छन्। तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’