तनहुँको नयाँपुलमा दुई बस ठोक्किए, एकको मृत्यु, ३० जना घाइते
२०८१ मंसिर २ गते, आइतवार
- पृथ्वी राजमार्गको तनहुँ खण्डमा बस दुर्घटना भएको छ। बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारा घुम्तीमा दुई यात्रुवहाक बस ठोक्किएर दुर्घटना भएको हो ।
पोखरा – पृथ्वी राजमार्गको तनहुँ खण्डमा बस दुर्घटना भएको छ। बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारा घुम्तीमा दुई यात्रुवहाक बस ठोक्किएर दुर्घटना भएको हो ।
काठमाडौंबाट पोखरा आउदै गरेको गण्डकी जिएए ००७० नम्बरको बस र पोखराबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठोक्क्दिा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए।
मृत्यु हुनेमा गण्डकी जिएए ००७० नम्बरको बसको चालक तनहुँको ऋषिङपाटन घर भइ पोखराको चाउथे बस्ने ३९ बर्षीय रामबहादुर परीयार रहेका छन् । उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइतेको उद्धार गरेर डुम्रेमा रहेको मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’