यो सरकार उल्टाएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड

१ मंसिर, २०८१, शनिवार
सारांश
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले ओली नेतृत्वको सरकार उल्टाएर आफूहरूकै सरकार बन्ने दाबी गरेका छन्।

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले ओली नेतृत्वको सरकार उल्टाएर आफूहरूकै सरकार बन्ने दाबी गरेका छन्। 

 

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले विपक्षी दल 'गभर्मेन्ट इन वेटिङ' पनि भएको बताए।

 

'हाम्रो संख्या अहिले पनि म्याजिक नै छ भन्छु। किनभने ३२ सिटको हाम्रो पार्टी प्रमुख विपक्षी दल र विपक्षी दलको नेता पनि हो,' उनले भने, 'विपक्षी दल भनेको 'गभर्मेन्ट इन वेटिङ' पनि हो। हामी पर्खिराखेको सरकार हो। यो सरकारलाई उल्टाएर बन्ने सरकार हाम्रै हो। चिन्तित हुनपर्ने कुनै पनि कुरा छैन।'

 

उनले काठमाडौंमा लाखौं जनता उतार्ने तयारी भइरहेको पनि खुलाए। त्यसका लागि छिट्टै केन्द्रीय समितिको बैठक बसेर योजना बनाइने उनको भनाइ छ। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार