- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारप्रति दुवै छिमेकी खुसी नभएको दाबी गरेका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारप्रति दुवै छिमेकी खुसी नभएको दाबी गरेका छन् ।
माओवादी काभ्रे-काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै माओवादी प्रवक्तासमेत रहेका सापकोटाले अहिलेको सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न नसकेको बताए ।
उनले भने, ‘दुइटा छिमेकीको बीचमा हाम्रो पार्टी नेतृत्वको सरकारले सन्तुलित सम्बन्ध कायम गरेको थियो । अहिले त्यो सन्तुलन बिग्रिएको छ । अहिलेको सरकारप्रति न उत्तर न त दक्षिण नै खुसी छ । सात समुन्द्र पारिका पनि धेरै खुसी छन् जस्तो लाग्दैन ।’
उपाध्यक्ष सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादीको इमेज धेरै माथि पुगेको जिकिर गरे ।
उनले अगाडि भने, ‘पार्टी अध्यक्षले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका सबै संयुक्त राष्ट्रसंघको महासभालगायत फोरमहरुमा नेपालको राम्रो प्रतिनिधित्व गरिराख्नुभएको छ । अहिले अन्तर्राष्ट्रिय जगतलाई हिजो जनयुद्धकालमा नाममात्रै सुनिएको थियो, प्रचण्ड भन्ने मान्छे परिवर्तन र जनताप्रति समर्पित मान्छे हो भन्ने परेको छ अन्तर्राष्ट्रिय स्तरमा पनि ।’
उनले अहिलेको सरकार भए पनि जनताले प्रत्याभूत गर्न नपाएको बताए ।
नेता सापकोटाले भने, ‘सरकारको विचार, विवेक, पहलकदमी शून्य छ, सरकार छ भन्ने छ, मन्त्रिपरिषद् छ, तर सरकारको अस्तित्व देखिएको छैन । काभ्रेमा विपद् पर्दा सरकार देखिन, कमरेड प्रचण्ड देखिनुभयो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।