भ्रष्टाचार नियन्त्रण सरकारबाट मात्रै सम्भव छैनः दाहाल
३० कार्तिक, २०८१, शुक्रवार
- प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण सरकार एक्लैले गर्न नसक्ने बताएका छन्।
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण सरकार एक्लैले गर्न नसक्ने बताएका छन्।
प्रधानमन्त्री, गृहमन्त्री वा सरकार एक्लैबाट भ्रष्टाचारविरोधी अभियान सम्भव नहुने अध्यक्ष दाहालको भनाइ थियो। शुक्रबार काठमाडौँमा सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘सामुदायिक समाजवाद’ को विमोचन कार्यक्रममा बोल्दै उनले मुलुकमा भ्रष्टाचारविरोधी नयाँ अभियानको थालनी गर्न जरुरी रहेको उल्लेख गर्दै त्यसको नेतृत्व आफूले गर्न चाहेको पनि बताए।
अध्यक्ष दाहालले आफूले प्रधानमन्त्रीको रुपमा भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गरेको र त्यसलाई सफल बनाउने संकल्पका साथ लागिपरेको दाबीसमेत गरे।
उनले भ्रष्टाचारविरोधी अभियानलाई नयाँ समाजवादी आन्दोलनसँग जोडेर आफूले अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आग्रह गरे।
अध्यक्ष दाहालले भने, ‘भ्रष्टाचारका विरुद्ध अभियान अब हामीले राज्यबाट, एउटा प्रधानमन्त्रीले, एउटा गृहमन्त्रीले, एउटा सरकारले मात्रै गरेर हुनेकुरा छैन। भ्रष्टाचारका विरुद्ध एउटा नयाँ अभियान देशव्यापी रुपमा चलाउन जरुरी छ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’