- आइसिसी यु –१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल युएइलाई पछि पार्दै आगामी वर्ष मलेसियामा हुने विश्वकपका लागि छनोट भएको छ।
काठमाडाैँ – आइसिसी यु –१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल युएइलाई पछि पार्दै आगामी वर्ष मलेसियामा हुने विश्वकपका लागि छनोट भएको छ। युएइ विरुद्धको निर्णायक खेलमा नेपालले ८ वकेटको जित निकाल्दै विश्वकपमा छनोट भएको हो।
विश्वकपमा छनोट हुन युएइले दिएको ८४ रनको सामान्य लक्ष्य १६.२ ओभरभित्र पूरा गर्नुपर्ने थियो। जुन लक्ष्य पूरा गर्दै नेपालले युएइ समान १० अङ्क बनाउँदै नेट रनरेटमा अघि रहेर विश्वकपमा स्थान बनाएको हो। यसअघि पहिलो खेलमा नेपाल युएइसँग पराजित भएको थियो।
तर निर्णायक खेलमा नेपालले १४।४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै विश्वकपमा स्थान बनाएको हो। नेपालको जितमा ओपनर साना प्रभिनले ३५ रनको अविजित इनिङ खेल्दा सावित्रा धामी १२ रनमा आउट भइन कप्तान पुजा महतोले २१ रन बनाउँदा सोनी पाख्रीन १३ रनमा अविजित रहिन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको स्कोर बनाएको थियो। युएईका लागि कप्तान समाइरा धारनीधार्काले सर्वाधिक ३१ रन बनाउँदा रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १०–१० रन बनाएका थिए।
नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।