किन बोलाए प्रम केपि ओलीले बालुवाटारमा सत्तारुढ दलको बैठक ?

०७ कार्त्तिक, २०८१, बुधवार
सारांश
  • बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौँ । सत्तारुढ दलको बैठक अहिले बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ । अहिले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा सत्तारुढ दलहरूभित्र मतभिन्नता छ । सो विषयमा पनि छलफल हुने सक्ने बुझिएको छ । यद्दपि प्रधानमन्त्री ओलीले अहिले अध्यादेश ल्याउने सरकारकाे तयारी नभएको बताएका छन् । त्यस्तै संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन र त्यसपछि उत्पन्न भएका राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।

 

सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार