सहकारी ठगी काण्डमा छविलाल जोशीलाई आजबाट बयान लिईंदै
०६ कार्त्तिक, २०८१, मंगलवार
- पूर्वडिआइजी छविलाल जोशीलाई बुटवलस्थित सुप्रिम सहकारीको निक्षेप अपचलन सम्बन्धी बयानका लागि रुपन्देही ल्याइएको छ ।
रुपन्देही । पूर्वडिआइजी छविलाल जोशीलाई बुटवलस्थित सुप्रिम सहकारीको निक्षेप अपचलन सम्बन्धी बयानका लागि रुपन्देही ल्याइएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको आज रुपन्देहीमा बयान लिइँदै छ । पोखराबाट हवाई जहाजमार्फत सोमबार नै जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको थियो । उनी अहिले सोही जिप्रकामा छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी लक्ष्मी खनालका अनुसार सम्भवतः मंगलबार नै जोशीको बयान सकेर पोखरा पठाउन सकिने कुरा जानकारी गराइन् । प्रहरी अनुसन्धानमा सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको देखिएको छ । प्रतिनिधिसभा सदस्य सूर्य थापा नेतृत्वको गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौँबाट पक्राउ परेका थिए ।
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएको आरोप छ । संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि अहिले पोखरा प्रहरीको हिरासतमा छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’