रविलाई पक्राउ गर्ने तयारीविरुद्ध रास्वपाले कार्यकर्ता उतार्ने

२०८१ कार्तिक २ गते, शुक्रबार
सारांश
  • सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जि जारी गर्ने चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको हेडक्वार्टरमा सरगर्मी बढेको छ । रास्वपाका नेता कार्यकर्ताहरु कार्यालयमा भेला हुन थालेका छन् ।

काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जि जारी गर्ने चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको हेडक्वार्टरमा सरगर्मी बढेको छ । रास्वपाका नेता कार्यकर्ताहरु कार्यालयमा भेला हुन थालेका छन् ।

 

जिल्ला अदालत कास्कीले आजै लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न सक्ने आँकलन रास्वपाका नेताहरुको छ । पक्राउ पूर्जी जारी भएमा कसरी सामना गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए । काठमाडौंदेखि पोखरासम्म नै प्रदर्शन गर्ने तयारी गरिएको छ ।

 

रास्वपाकाे कार्यलयमा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र  डिपी अर्यालसहित प्रमुख नेताहरु उपस्थित छन् । लामिछानेकी पत्नी निकिता पाैडेल पनि  केहीबेरअघि पार्टी कार्यालय प्रवेश गरेकी थिइन् । नेताहरु आउने क्रम जारी छ ।

 

रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अन्त्य जरुरी सूचना भन्दै फेसबुकमा पोस्ट गरेकी छन् ।

 

उनले लेखेकी छन्, ‘काठमाडौंमा हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा रहनुहोला ।’

 

ती नेताका अनुसार रविलाई पक्राउ पूर्जी लिएर प्रहरी आए भने उनी जान तयार हुनेछन् । उनलाई नेता र कार्यकर्ताहरुकाे समूहले पछ्याएर पाेखरासम्म ल्याउने तयारी छ ।  यद्यपि, आजै रविविरुद्ध पक्राउ पूर्जी जारी हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार