युवराज सफलले गरे प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी
२०८१ कार्तिक ०१, बिहिबार
- विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
काठमाडौँ- विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
ओलीविरुद्ध कानुन व्यवसायी युवराज सफलले बिहीबार बिहान अख्तियारमा उजुरी दिएका हुन्। उनले ओलीविरुद्ध छानबिनको माग गरेका छन्।
अख्तियारमा उनले दिएको निवेदनमा भनिएको छ, ‘विवादास्पद व्यापारी, सरकारी जग्गा हिनामिना एवम् जालसाझी मुद्धामासमेत दोषी ठहर भएका भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङबाट मिति २०८१ असोज २५ गतेका दिन नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएको र सो कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीसमेत सरिक भएको भनी विभिन्न संचारमाध्यमहरुबाट सप्रमाण सम्प्रेषण भएका समाचारहरुप्रति म नेपाली नागरिक युवराज सफलको गम्भीर ध्यानाकर्षण भएको छ।‘
भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित)ले दान, दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको भन्दै सफलले भ्रष्टाचार निवारण ऐन विपरित देशका प्रधानमन्त्रीले आफ्नो दलको पार्टी कार्यालय बनाउन जग्गा जमिन र सो पार्टी कार्यालय निर्माण गर्न समेत बिवादास्पद व्यापारी मिन बहादुर गुरुङलाई जिम्मा दिएको र सो पार्टी कार्यालय शिलान्यास गराउँदा देशको प्रधानमन्त्रीकोसमेत उपस्थिति देखिएकोले सो कार्यमा संलग्न वा विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपि शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दाहरू खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रा.लि.का संचालक मिनबहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्।
‘प्रतिवादी केपि शर्मा ओली र मिन बहादुर गुरुङलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाहीको माग गर्दै सप्रमाण प्रस्तुत उजुरी सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाडौँ समक्ष प्रस्तुत उजुरी पेश गरेको छु,’ उजुरीमा भनिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’