पूर्वराजा ज्ञानेन्द्र शाहको भुटानी राजपरिवारसँग भेटवार्ता

२०८१ असोज १९ गते, शनिबार

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजपरिवारसँग भेटवार्ता गरेका छन्।

 

पूर्वराजा शाहले उनीहरूसँग भुटानको राजधानी थिम्पुमा शुक्रबार भेटवार्ता गरेका हुन्।

 

भुटानी राजा जिग्मे खेसर नाम्ग्येल वाङचुक, रानी जेत्सुन पेमा वाङचुकलगायत भुटानी राजपरिवारका सदस्यसँग पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले भेटवार्ता गरेको हो।

 

पूर्वराजा शाहको परिवार अहिले भुटानको भ्रमणमा रहेको छ।

 

भुटान भ्रमणमा रहेका नेपालका पूर्वराजा शाहले त्यहाँका पूर्वराजा जिग्मे सिङ्गे वाङचुकसँग पनि भेटेका छन्।

 

उनले भुटान नरेश जिग्मे केशर नामग्यालका बुवा अर्थात यसअघिका भुटान नरेश जिग्मे सिङ्गे वाङचुकसँग भेट गरेका हुन्।

 

नेपालका पूर्वराजा शाह र भुटानका पूर्वराजा वाङ्चुक भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजका सहपाठी पनि हुन्।

 

भुटान भ्रमणमा छोरी प्रेरणा र भतिजी सिताश्मा लिएर बिहीबार पुगेका पूर्वराजा शाहलाई विमानस्थलका त्यहाँकी राजकुमारीले स्वागत गरेकी थिइन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार