बाढीपहिरोबाट पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति
२०८१ असोज १४, सोमवार
- बाढीपहिरोबाट पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको बताएका छन् ।
अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलीयतको पूर्ण कार्यान्वयन विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्ली पुलदेखि सडक, झोलुङ्गे पुल बगाएको र ठूलो क्षति भएको बताए ।
क्षतिग्रस्त सडकहरुको मर्मत गरी यातायात सूचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको भन्दै उनले चाडवाडअघि नै अवरुद्ध सबै सडक सञ्जाल सूचारु भइसक्ने जानकारी बताए ।
चाडवाडमा हवाई भाडा निकै महङ्गो देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकार लागिरहेको मन्त्री दाहालको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।