- मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो ।
काठमाडौं: नेपाल प्रहरीमा जागिर गर्न खोज्ने युवाहरूका लागि अवसर आएको छ । प्रहरी जवान पदमा अब १ हजार ८४२ जनाको नया भर्तीका लागि खुला गरिएको हो ।
मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो ।
यस अनुसार थप उम्मेदवारलाई प्रहरी सेवामा प्रवेशको बाटो खुलेको छ । थप गरिएको पद संख्या सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भएको पनि सूचनामा उल्लेख गरिएको छ ।
वर्गीकृत विवरण यसप्रकार छ ः
खुला प्रतिस्पर्धाः ९९३ जना
आदिवासी÷जनजातिः २६० जना
मधेसी ः २२८ जना
महिला ः १६२ जना
दलित ः १२२ जना
पिछडिएको क्षेत्र ः ४० जना
अमर अशक्त प्रहरी परिवारः ३७ जना
नयाँ पद संख्या थपसँगै धेरै युवाहरूका लागि सरकारी सेवामा प्रवेश गर्ने अवसर थपिएको छ । इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिई प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’