समसामयिक महत्वपुर्ण ५० प्रश्नोत्तर: सबैखाले परीक्षाका लागि उपयोगी
२०८१ माघ १९ गते शनिबार
- संघ प्रदेश र स्थानीय तहका साथै विभिन्न संस्थानहरूको परीक्षाका लागि अति सम्भावित समसामयिक प्रश्नोत्तरहरु
१. त्रिवि स्थापनाको साढे छ दशकको अवधिमा सर्वाधिक बढी विद्यार्थी सहभागी भई दीक्षित भएको दीक्षान्त समारोह कुन हो ?
५० औँ दीक्षान्त समारोह (विसं २०८१ पुस १३)
– त्रिवि स्थापनाको ६५ वर्षको अवधिमा दशरथ रङ्गशालामा पुस १३ मा आयोजना गरिएको ५० औँ दीक्षान्त समारोहमा इतिहासकै सबैभन्दा धेरै अर्थात् १४,३०८ जना विद्यार्थी सहभागी भएका ।
– यसअघि सबैभन्दा धेरै विद्यार्थी गत वर्षको ४९ औँ दीक्षान्त समारोहमा १२,३७४ जना विद्यार्थी सहभागी थिए।
– अबदेखि छ–छ महिनामा दीक्षान्त समारोह आयोजना गर्ने पनिकाले जनाएको।
२. नेवाःपत्रकार राष्ट्रिय दबूले स्वतन्त्र सेनानी पुरस्कार २०८१ कसलाई प्रदान ग-यो ?
स्व. सत्यनारायणबहादुर श्रेष्ठ
– सो संस्थाले २०७६ सालदेखि श्रेष्ठको जन्मजयन्ती मनाउने र गत वर्ष (२०८०) देखि पुरस्कार प्रदान गर्न थालेको ।
३. सहकारी ऐनमा भएको नयाँ व्यवस्था अनुसार एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र रहेका सहकारीलाई बचतको अधिकतम सीमा कति निर्धारण गरिएको छ ?
रु. ५० लाख
– विसं २०८१ पुस १४ मा जारी सहकारीसम्बन्धी नयाँ अध्यादेशमा सोसम्बन्धी व्यवस्था गरिएको ।
– बचत तथा ऋण सहकारीमा दुई कार्यकालभन्दा बढी सञ्चालक बन्न नमिल्ने व्यवस्था गरिएको ।
४. विद्युत् विकास मार्गचित्र २०८१ अनुसार सन् २०३५ सम्ममा नेपालको विद्युत् जडित क्षमता कति पु-याउने लक्ष्य छ ?
२८ हजार ५०० मेगावाट
– विसं २०८१ पुस १६ को मन्त्रीपरिषद् बैठकले सो मार्गचित्र स्वीकृत गरेको ।
– सन् २०३५ सम्ममा १५ हजार मेगावाट विद्युत् भारत, बङ्गलादेश र चीनमा निर्यात गर्ने लक्ष्य राखिएको ।
– उत्पादित विद्युत्मा १३ हजार ५०० मेगावाट विद्युत् नेपालमै खपत गर्ने लक्ष्य रहेको । हाल नेपालमा बढीमा २२ सय मेगावाटसम्म विद्युत् खपत हुने गरेको ।
– मार्गचित्र अनुसार सन् २०३५ सम्ममा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य रहेको । अहिले भारतमा वर्षामा एक हजार मेगावाटसम्म विद्युत् निर्यात हुने गरेको छ ।
– सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत १५ सय युनिट पु-याउने लक्ष्य लिइएको । हाल नेपालको प्रतिव्यक्ति खपत प्रतिवर्ष ४१० युनिट रहेको ।
५. सरकारले पाँचौँ सस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन कहिले गर्ने निर्णय गरेको छ ?
विसं २०८१ फागुन १६ र १७, काठमाडौँ
६. एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?
दोहोरो कर मुक्ति सम्झौता (म्त्ब्ब्)
७. नेपालसँग बिप्पा र दोहोरो करमुक्ति दुवै सम्झौता भएका मुलुक कुन कुन हुन्?
भारत र मौरिसस
८. बाबुले लेखेर छोराले पूर्णता दिएको कृति कुन हो ?
कादम्बरी
९. ‘गुरिल्ला अफ टाइम’ कुन व्यक्तित्वको जीवनमा आधारित पुस्तक हो ?
फिडेल क्यास्ट्रो (क्युबा)
१०. पर्यावरणीय संरक्षणका लागि ‘चिप्को आन्दोलन’ सञ्चालन गर्ने अभियन्ता को हुन् ?
सुन्दरलाल बहुगुणा
– भारतको गडवाल क्षेत्रमा वन फँडानीविरुद्ध उनले सन् १९७३ तिर यो आन्दोलन सञ्चालन गरेका ।
– सकेसम्म रुख नकाट, रुख काट्ने नै भए पहिले हामीलाई समाप्त गरेर मात्र रुख काट भन्ने प्रतीकात्मक सन्देश दिने उद्देश्यका सााथ अभियान सञ्चालन गरिएको।
११. इतिहासकार पुरुषोत्तमशमशेर राणाको निधन कहिले भएको हो ?
विसं २०८१ मङ्सिर २० (९९ वर्षको उमेरमा)
– राणाका श्री ३ हरूको तथ्य वृत्तान्त (तीन भाग), राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, सम्झेका र सुनेका कुराहरू, भएका र गुज्रेका घटनाहरू, लुकेछिपेका प्रतिभाहरू, मेरो जीवनका स्मृतिहरू, जङ्गबहादुर र राणाकालीन दर्पणलगायतका पुस्तक प्रकाशित छन् ।
– राणा रुद्रशमशेरका नाति र ईश्वरशमशेरका छोरा हुन् । जुद्धशमशेरले हजुरबुबा रुद्रशमशेरलाई पाल्पा लखेट्दा पुरुषोत्तम मात्र आठ वर्षका थिए ।
१२. नेपालले कार्बन व्यापारबाट पहिलो पटक कति रकम प्राप्त गरेको छ ?
रु. एक अर्ब ६० करोड
– विश्व बैङ्कको वन–कार्बन साझेदारी सुविधा (एफसिपिएफ) कार्यव्रmमसँगको सम्झौताका आधारमा नेपालले पहिलो किस्तामा सो रकम प्राप्त गरेको ।
– रौतहटदेखि कञ्चनपुरसम्मका तराईका १३ जिल्लाका १७ लाख हेक्टर वनजङ्गलबाट सन् २०१८ देखि सन् २०२४ सम्म २.४ मिलियन टन कार्बन उत्सर्जन घटाएबापत विश्व बैङ्कबाट सो रकम प्राप्त भएको ।
१३. दक्षिण एसियाकै पहिलो सुरुङ मानिने चुरियामाई सुरुङ मार्ग सर्वसाधारणका लागि कहिले खुला गरिएको हो ?
विसं २०८१ पुस ८
– चुरियामाई सुरुङमार्गको डिजाइन र निर्माण कार्य इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको नेतृत्वमा विसं १९७४ मा सुरु भएको । तत्कालीन समयमा सुरुङ बनाउन दुई वर्ष लागेको बताइन्छ ।
– इतिहासकार टोनी हेगनका अनुसार सो सुरुङमार्ग दक्षिण एसियामै पहिलो भएको उल्लेख ।
– पुनर्निर्माण कार्य सम्पन्न गरी सो सुरुङमार्ग २०८१ पुस ८ देखि सर्वसाधारणका लागि खुला गरिएको ।
१४. ७७ जिल्लामै शाखा पु-याएको निजी क्षेत्रको पहिलो बैङ्क कुन हो ?
ग्लोबल आईएमई बैङ्क लि.
१५. नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई प्रत्यक्ष पहुँच एकाइका रूपमा मान्यता दिने अन्तर्राष्ट्रिय संस्था कुन हो ?
हरित जलवायु कोष (जिसिएफ)
१६. नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुने व्यवस्था छ ?
नगरपालिकाको उपप्रमुख
१७. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
अर्थमन्त्री
१८. ‘फल आर्मी वर्म’ केसँग सम्बन्धित छ ?
मकैबाली सखाप पार्ने किरा
१९. पाठ्यक्रमको मूल्याङ्कन भन्नाले के बुझिन्छ ?
उद्देश्य, विषयवस्तु, शिक्षण सिकाइ कौशल र मूल्याङ्कनको लेखाजोखा
२०. महाकवि लक्ष्मीप्रसाद देवकोटा कुन प्रधानमन्त्रीका पालामा शिक्षामन्त्री भएका थिए ?
डा. केआई सिंह
२१. बैङ्किङ क्षेत्रको ओस्कार मानिने बैङ्क अफ द इयर २०२४ अवार्डबाट सम्मानित नेपाली बैङ्क कुन हो ?
सिटिजन बैङ्क इन्टरनेसनल
– बेलायतस्थित द फाइनान्सियल टाइम्सद्वारा सन् २०२४ डिसेम्बर ४ तारिखमा लन्डनमा आयोजित कार्यव्रmममा बैङ्कलाई सो अवार्ड प्रदान गरिएको ।
– दी फाइनान्सियल टाइम्सले वार्षिक रूपमा विभिन्न देशका बैङ्कको कार्यसम्पादन एवं गतिविधिलाई मध्यनजर गर्दै बैङ्क अफ दी इयरबाट सम्मानित गर्ने गरेको ।
२२. फाइभ आई अलायन्स भन्नाले के बुझिन्छ ?
अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्ड सम्मिलित जासुसी सञ्जाल
२३. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दोहो¥याएर आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही को हुन् ?
सानु शेर्पा (सङ्खुवासभा)
२४. प्रतिष्ठित गोल्डन ग्लोब्स अवार्डमा उत्कृष्ट चलचित्र बन्न सफल चलचित्र कुन हो ?
दी ब्रुटालिस्ट
– दी ब्रुटालिस्टले पाँच विधामा उत्कृष्ट अवार्ड हात पारेको ।
८२ औँ संस्करणको अवार्डमा चलचित्र इमिलिया पेरेजले म्युजिकल÷कमेडीसहित चार विधामा आपूmलाई उत्कृष्ट बनाउन सफल भएको ।
यसै गरी नेटफ्लीक्सतर्फ म्युजिकल÷कमेडी र उत्कृष्ट गैरअङ्ग्रेजीमा इमिलिया पेरेज उत्कृष्ट चलचित्र बनेको ।
– उत्कृष्ट अभिनेता: एड्रिन ब्रोडी (दी ब्रुटालिस्ट)
– उत्कृष्ट अभिनेतृ: फेरान्डा टोरेस (आई एम स्टिल हियर)
– उत्कृष्ट निर्देशक: ब्राडी कार्बेट (दी ब्रुटालिस्ट)
२५. भारतका पूर्वप्रधानमन्त्री एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता डा. मनमोहन सिंहको निधन कहिले भएको हो ?
सन् २०२४ डिसेम्बर २६
– भारतमा आर्थिक सुधारका नायकका रूपमा चिनिने सिंहको ९२ वर्षको उमेरमा निधन भएको ।
– सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका ।
– ३३ वर्ष सांसद रहेका सिंह पिभी नरसिंह राव प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए।
२६. कुन राष्ट्रले विश्वकै ठुलो जलविद्युत् परियोजना निर्माणका लागि प्रक्रिया अघि बढाएको छ ?
चीन (सन् २०२४ डिसेम्बर)
– परियोजना यार्लुङ स्याङ्पो नदीको तल्लो भागमा बनाइने ।
– यस परियोजनाबाट हाल चीनमै रहेको विश्वको सबैभन्दा ठुलो थ्री गर्जेज जलविद्युत् परियोजनाको भन्दा तेब्बर बढी विद्युत् उत्पादन हुने जनाइएको ।
– यार्लुङ स्याङ्पो नदीलाई भारतमा पुगेपछि ब्रह्मपुत्र भनिन्छ । यो नदी तिब्बत छोडेर दक्षिणबाट भारतको अरुणाचल प्रदेश, आसाम राज्य हुँदै बङ्गलादेश पुग्छ ।
२७. हाल नेपालमा रात्रिकालीन उडानयोग्य विमानस्थल कति रहेका छन् ?
१० वटा
– नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इन्स्ट्रुमेन्टल फ्लाइट रुल (आइएफआर) प्रविधि जडान गरी रातको समयमा पनि उडान अवतरण गर्न सकिने विमानस्थलको सङ्ख्या १० रहेको ।
– देशभर हाल ५५ विमानस्थल रहेका र तीमध्ये २१ वटा बन्द र ३४ वटा विमानस्थल सञ्चालनमा छन् ।
– कन्ट्रोल एरोड्रम सेवा अन्तरगत सञ्चालित १२ विमानस्थलमध्ये १० विमानस्थलमा आइएफआर प्रविधि जडान गरी रात्रिकालीन उडानयोग्य बनाइएको हो । अब छिटै नै भरतपुर र सुर्खेत विमानस्थलमा पनि रात्रिकालीन उडान सञ्चालनमा ल्याउने तयारी रहेको प्राधिकरणले जनाएको ।
२८. कैलाली, चिसापानीमा निर्माण हुने जापादेवी केबलकारको शिलान्यास कहिले गरिएको हो ?
विसं. २०८१ पुस १३
– लम्कीचुहा नगरपालिका वार्ड नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वार्ड नं. ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबुलकारमा ३४ गोन्डोला रहने।
– आइएमई समूहको लगानीमा निर्माण हुने यस केबुलकारको निर्माण लागत अनुमानित पाँच अर्ब रुपियाँ रहेको ।
– यहाँ बन्ने केबलकार एवं होटलसहितको पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा ठुलो टेवा पुग्न जाने विश्वास गरिएको ।
२९. बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कसलाई प्रदान गरियो ?
कलाकार तथा फिल्मकर्मी नीर शाह
– पुरस्कार राशि एक लाख रुपियाँ रहेको ।
– फिल्म निर्माण, निर्देशन, अभिनय एवं गीत लेखनमा समर्पित शाहले २०३२ सालदेखि निरन्तर नेपाली कलामा पुर्याएको योगदानको कदर गर्दै उनलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको भीम विराग सङ्गीत तथा साहित्य कला प्रतिष्ठानले जनाएको ।
– सर्वप्रथम यो पुरस्कार विसं २०६४ मा अम्बर गुरुङलाई प्रदान गरिएको ।
३०. सरकारले शुल्क लिई धरहरा सञ्चालन गर्ने कार्य कहिलेदेखि थालेको हो ?
विसं २०८१ मङ्सिर ९
– विसं २०८१ मङ्सिर ६ को मन्त्रीपरिषद्ले सोसम्बन्धी निर्णय गरेको ।
– धरहरा चढ्नका लागि हाललाई नेपालीका लागि प्रतिव्यक्ति दुई सय रुपियाँ निर्धारण गरिएको । धरहरा चढ्न विद्यार्थी, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, १० वर्षभन्दा मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको ।
– सार्क राष्ट्रका लागि पाँच सय र अन्य देशका लागि एक हजार रुपियाँ तोकिएको।
– सरकारले टेन्डरमार्फत निजी कम्पनीलाई धरहरा व्यवस्थापनको जिम्मा दिने जनाएको ।
– यसअघि संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क रूपमा धरहरा खुला गरिएको थियो ।
३१. सिएनएनको साहसी खेलाडीको सूचीमा पर्न सफल नेपाली पर्वतारोही व्यक्तित्व को हुन् ?
पूर्णिमा श्रेष्ठ
– फोटो पत्रकारसमेत रहेकी पूर्णिमा सिएनएनको द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४ को सूचीमा परेकी ।
– उनले दुई हप्तामै तीन पटक सगरमाथाको आरोहण गर्ने संसारकै पहिलो महिलाको कीर्तिमान कायम गरेकी ।
३२. अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन कहिले भएको हो ?
सन् २०२४ डिसेम्बर २९
– सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको राष्ट्रपति भएका कार्टरको सय वर्षको उमेरमा निधन भएको ।
३३. दक्षिण कोरियामा १७९ जनाको ज्यान जाने गरी विमान दुर्घटना कहिले भएको हो ?
सन् २०२४ डिसेम्बर २९
– थाइल्यान्डको राजधानी बैङ्ककबाट दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर सो दुर्घटना भएको ।
– अमेरिकी बोइङ ७३७–८०० द्वारा सञ्चालित जेजु एयरको उडान नम्बर २२१६ को विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका चार सदस्यसहित १७९ जनाको निधन भएको ।
३४. चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ मा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि जित्ने हात्ती कुन हो ?
विजुली कली
३५. हाल गोरखापत्र दैनिकबाट प्रकाशन हुने मातृभाषाको सङ्ख्या कति पुगेको छ?
४५
– बाम्बुले राई भाषा ४५ औँ भाषाका रूपमा विसं २०८१ पुस ११ बाट प्रकाशन हुन थालेको ।
– ४४ औँ भाषा रानाथारु (विसं २०८१ कात्तिक ४) रहेको ।
– गोरखापत्रमा नयाँ नेपाल बहुभाषिक पृष्ठमा विभिन्न मातृभाषामा सामग्री प्रकाशनको सुरुवात विसं २०६४ असोज १ बाट भएको ।
३६. एनसेल वुमन आइकन आइसिटी अवार्ड–२०२४ विजेता व्यक्तित्व को हुन् ?
बन्दना शर्मा
– सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर योगदान पुर्याएबापत उनलाई सो अवार्ड प्रदान गरिएको ।
– शर्माले यो अवार्डसँग तीन लाख रुपियाँ नगद पुरस्कारसमेत प्राप्त गरेकी ।
– नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउने महिलालाई यो अवार्ड प्रदान गरिने ।
३७. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्युआई) कति हुनु पर्छ ?
५० एक्युआईभन्दा तल
३८. नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्ष (२०८१) को प्रतिभा पुरस्कार कसलाई प्रदान गर्यो ?
सन्ध्या सुब्बा सिङ्जाङ्गो (युवा इतिहासकार तथा याक्थुङ मुन्धुम अध्येता, सिक्किम, भारत)
– पुरस्कार राशि रु. एक लाख रहेको ।
– प्रतिष्ठानले प्रतिभा सम्मान ताप्लेजुङका अग्रज लेखक तथा सञ्चारकर्मी राजेश्वर थापालाई प्रदान गरेको ।
– सम्मानको राशि रु. ५० हजार रहेको ।
३९. बिनाअक्सिजन १० पटक सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ?
आङरिता शेर्पा
– उनले लगातार १० पटक अक्सिजनबिना सगरमाथा आरोहण गरेर विश्वलाई आश्चर्यचकित बनाएका ।
– सन् १९८३ मा पहिलो पटक आरोहण गरेका शेर्पाले सन् १९९६ सम्म आइपुग्दा १० पटक अक्सिजनबिना सगरमाथा आरोहण गरेका ।
– हिउँ चितुवाको उपनाम पाएका शेर्पाले सन् १९८० र सन् १९९० को दशकमा पर्वतारोहण जगत्मा विविध कीर्तिमान कायम गरेका ।
४०. ब्रेन पुलिङ भनेको के हो ?
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा विदेशमा रहेका नेपाली प्राविधिक/वैज्ञानिकलाई नेपाल बोलाई देश विकासमा सरिक गराउन ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ भन्ने आह्वानका साथ सञ्चालित कार्यक्रम ।
४१. ‘नेपालका भाषा र सरकारी कामकाज’ नामक पुस्तकका लेखक को हुन् ?
भीमनारायण रेग्मी
४२. ‘ज्येष्ठ पत्रकार वृत्ति’ वितरणको सुरुवात कहिलेदेखि गरिएको हो ?
विसं २०७९ श्रावण ९
– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको ।
– पत्रकारत्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको ।
– सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वृत्ति वितरणको प्रारम्भ गरेका ।
– पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ बमोजिम वृत्ति वितरण गरिएको ।
– ३० वर्ष निरन्तर पत्रकारिता गरेका तथा ६५ वर्ष उमेर पुगेका पत्रकारलाई मासिक रूपमा वृत्ति प्रदान गरिने ।
४३. ‘इन्टरनेसनल बाउन्ड्रिज अफ नेपाल’ नामक पुस्तकका लेखक को हुन् ?
सीमाविद बुद्धिनारायण श्रेष्ठ
– यो पुस्तक अङ्ग्रेजी भाषाबाहेक अन्य आठ भाषामा लातिभिया ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले प्रकाशित गरेको ।
– फ्रेन्च, स्पेनिस, जर्मन, डच, इटालियन, रुसी, पोर्चुगिज र पोलिस भाषामा प्रकाशन गरिएको ।
४४. नेपालमा सामाजिक सुरक्षा कर कुन आर्थिक वर्षदेखि लिन सुरु गरिएको हो ?
आव २०६६/६७
४५. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम
४६. घरेलु क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल टिम कुन हो ?
जनकपुर बोल्ट्स
– त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएर एनपिएलको पहिलो च्याम्पियन बनेको।
– च्याम्पियन जनकपुर बोल्ट्सले ट्रफीसँगै एक करोड १० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको ।
– टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रनको स्कोर तयार पारेको थियो ।
– लाहिरु मिलान्थाले ४९ बलमा सर्वाधिक ८७ रनको विस्फोटक पाली खेलेपछि जनकपुरले चार बल बाँकी छँदै पाँच विकेटको क्षतिमा १८५ रन बनाएर लक्ष्य हासिल गरेको ।
– कसले के पुरस्कार पाए ?
विजेता (जनकपुर बोल्ट्स) : एक करोड १० लाख
उपविजेता (सुदूरपश्चिम रोयल्स) : ५१ लाख
तेस्रो (कर्णाली याक्स) : २५ लाख
चौथो (चितवन राइनोज) : १५ लाख
४७. सिरियामा सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा कसलाई चयन गरियो ?
मोहम्मद अल बसिर (सन् २०२४ डिसेम्बर १०)
– बसरलाई अपदस्थ गर्न प्रमुख भूमिका खेलेको इस्लामिक समूह हयात तहरिर अल साम (एचटिएस) ले बसिरलाई सङ्क्रमणकालीन सरकार प्रमुखको जिम्मेवारी दिएको हो ।
– सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित हुन पुगेका ।
४८. सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमा कति धारा रहेका छन्?
१०
– विसं २००७ साउन १६ गते तदनुसार इस्वी संवत् १९५० जुलाई ३१ तारिखका दिन यो सन्धिमा हस्ताक्षर (काठमाडौँमा) भएको ।
४९. स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त हुने पहिलो नेपाली को हुन् ?
गोरख राणा
– सन् २०२५ जनवरी १ तारिखदेखि लागु हुने गरी उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका ।
– राणा दिवंगत राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी छोरी श्रुति शाहका श्रीमान् हुन् ।
५०. झापाको दमकमा निर्मित १८ तले दमक भ्यु टावर (बिजनेस कम्प्लेक्स) को उद्घाटन कहिले भएको हो ?
विसं २०८१ मङ्सिर २३
– २०७६ असार २६ मा ठेक्का सम्झौता भएको भ्यु टावरको निर्माण गत वर्षको माघमा सकिएको थियो ।
– यसको निर्माण लागत एक अर्ब ६३ करोड ५४ लाख रुपियाँ रहेको सहरी विकास मन्त्रालयले जनाएको ।
– भ्यु टावर दृश्यवलोकनका साथै व्यापारिक, मनोरञ्जनात्मक एवं कर्पोरेटसम्बन्धी गतिविधि सञ्चालनार्थ प्रयोग हुने बताइएको ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।