- राज्य एकीकृत हुँदै गर्दा तत्कालिन समयको वस्तुस्थिति र औपनिवेशिक शक्तिको दवदवा बुझ्दै जाँदा उनले फगत आफ्नो राज्यको विस्तार मात्रै नभएर एकीकरणका रुपमा आफ्नो अभियान अगाडि बढाउदै साम्राज्यवादी शक्ति अंग्रेज बिरुद्ध खडा भएको बुझ्न सकिन्छ।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालमा मनाइने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्सव, जयन्ती वा दिवसहरूमध्ये सबैभन्दा लोकप्रिय पृथ्वी जयन्ती नै हो । यो विभिन्न जात जातिका मानिसहरूले आ-आफ्नो कुलधर्म अनुसार मनाउने सांस्कृतिक पर्वहरू झैं सिंगो नेपाल र नेपालीलाई जोडने राष्ट्रिय चाड नै हो भन्दा अतिशयुक्ति नहोला।
जसरी नेपाल एकीकरण गर्ने क्रममा सबै जात जातिका मानिसहरू सहभागी भएर सिंगो नेपाल खडा गरिएको थियो, नेपाल एकिकरणका परिकल्पनाकार तथा यस महान कार्यको जग बसाल्ने व्यक्तिको जन्मजयन्ती नेपाल र नेपाली रहेसम्म राष्ट्रिय एकता दिवसको रुपमा रहिरहने छ।
पृथ्वी नारायण शाह जसले शुरुमा ठुलो राज्यको राजा हुने अभिलाषा बोकेर अगाडि बढेको हुन सक्छ, जुन कुरा तत्कालिन सामन्तवादी युगमा स्वाभाविक हो। तर राज्य एकीकृत हुँदै गर्दा तत्कालिन समयको वस्तुस्थिति र औपनिवेशिक शक्तिको दवदवा बुझ्दै जाँदा उनले फगत आफ्नो राज्यको विस्तार मात्रै नभएर एकीकरणका रुपमा आफ्नो अभियान अगाडि बढाउदै साम्राज्यवादी शक्ति अंग्रेज बिरुद्ध खडा भएको बुझ्न सकिन्छ। उनले आफ्नो दिव्योपदेशामा 'हिन्दुस्थान दवाईरहेछ सरजिमिमा परिरहेछ' भनेर नेपालको मात्रै होइन भारतीयहरू माथि अंग्रेज उपनिवेशको पिडाको पनि चिन्ता गरेको बुझ्न सकिन्छ। साथै उनले 'कुल धर्म थामी खानन' भनेबाट उनमा विस्तारवादीको छनक देखिदैन। कान्तिपुर विजयसँगै राजगद्धिमा आरुढ हुनु पुर्व नै जीवित देवी कुमारीको पाउको पानी खाएर यहाँको संस्कृतिको अपनत्व लिएको बुझ्न सकिन्छ ।
पृथ्वी नारायण शाहलाई कुनै पनि दृष्टिले विस्तारवादी राजाको रुपमा देख्न सकिदैन मात्रै होइन उनमा त्यस्तो कुनै छनक देखिदैन र थिएन। समन्वय, सहअस्तित्व र लोक हितलाई उनले प्राथमिकता दिएको कुराको यथेष्ट प्रमाण दिन सकिन्छ। महाभारतमा 'लोकरञ्जनमेवात्र राज्ञां धर्मः सनातनः' - (महा.शा.प. ५७.११) अर्थात संसारमा प्रजावर्गलाई प्रसन्न राख्नु नै राजाको सनातन धर्म हो, भन्ने कुरा पाउन सकिन्छ। जस्तो कि उनलाई बिराज बखेती मन पर्दापर्दै लोकले कालु पाण्डे मन पराएको हुनाले लोककै मत स्वीकार गरी कालु पाण्डेलाई काजी दिएको कुरालाई लिन सकिन्छ। आवधिक निर्वाचन र बक्साभित्र मत खसाल्ने पद्दतिलाई मात्रै लोकतन्त्र बुझेका हाम्रा बर्तमान शासकले पृथ्वी नारायणको यो लोकतान्त्रिक अभ्यासलाई बुझ्ने चेष्टा गर्दैनन्। तर पृथ्वी नारायण शाहको व्यक्तित्व र प्रेरक प्रशंगहरू नेपाल र नेपाली जाती रहेसम्म रहिरहने छन्, भलै बर्तमान शासकले वेवास्ता नै किन नगरुन ?
राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्म जयन्तिको अवशरमा हामीले निम्न कुराहरू मनन गर्नुपर्छ।
१. राष्ट्रीय एकता हाम्रो अस्तित्व रक्षाको लागि जरूरी छ। अस्तित्व सुनिश्चितताले मात्र पहिचान पनि सुनिश्चित हुन्छ।
२. नेपाली समाजको आधार विविधता हो। विविधतामाथि जबर्जस्ती थोपरिने कुनै पनि कुरा अप्राकृतिक हुन्छ। जसबाट आधार कमजोर हुन्छ र समाज छिन्नभिन्न हुन्छ। समाज विकासको क्रम हजारौं वर्षदेखि चल्दै आएको छ, यसबाट संस्कृति/परम्परा र समग्रमा सभ्यता बनेको छ। नेपाली समाजको “विविधताभित्रको एकता” त्यहि युगौ पुरानो अभ्यासको उपज हो। अनेकतामा एकताको बिजारोपण नेपाल एकीकरण सँगै प्रखर
३. पृथ्वीनारायण शाह विस्तारवादी नै किन नहुन्, उनले नेपाली समाजको प्राणवायु अर्थात अस्तित्वको आधारलाई राम्ररी बुझेका थिए-त्यसैले विविधता जोगाउंदै गोर्खाको सीमाविस्तार गरे। जसले जसरी बुझे पनि हामीले एकीकृत सिंगो नेपाल प्राप्त गर्यौं, त्यसको श्रेय पृथ्वी नारायण शाहलाई नै जान्छ।
४. एकीकरणकालमा जुन समाजले एकअर्काको अस्तित्वको महत्व बुझेन/स्वीकारेन-त्यो छिट्टै पराइको प्रभावमा पर्न गयो र पराधीन भयो (कुमाउ/गढवाल लगायत महाकाली पश्चिमको समाज)।
५. विगतलाई सम्झेर, इतिहासबाट पाठ सिकेर, पुर्वजहरूको असल अभ्यास र चिन्तनको अनुसरण गरेर अगाडी बढ्ने समाजले नै संसारमा उन्नति गरेको छ। आफ्नो आधार बिर्सने समाजको पहिचान नै नामेट भएको छ। उदाहरण दिईरहनु नपर्ला।
६. खोला उकालो चढ्दैन, बलिरहेको आगोमा चिसोपना हुँदैन-तलतिर बहनु पानीको धर्म हो, तातो हुनु आगोको धर्म हो। त्यसैगरि परस्पर सहिष्णुता राखेर सह-अस्तित्वको अभ्यास गर्नु मानव समाजको धर्म हो। आफ्नो धर्मभन्दा गलत अभ्यास गर्नु खतरनाक हुन्छ। “स्वधर्मे निधनं श्रेय, परधर्मो भयावह”। नेपालजस्तो विविधता तर मौलिकतामा बनेको समाजलाई त यो झनै महत्वको कुरा हो।
७. नेपालको भूधरातलीय अवस्थितिले नै यसको स्वाधीनता, स्वतन्त्र अस्तित्व अपरिहार्य बनाएको छ। यो कुरा सम्भवतः पृथ्वीनारायण र उनका सल्लाहकारहरूले राम्ररी बुझेका थिए। साम्राज्यवादी अभ्यास चलिरहेको विश्वमा नेपालले आफ्नो अस्तित्व जोगाउन नसकेको भए क्षेत्रीय र विश्वशक्ति सन्तुलननै हालको स्वरूपमा रहने थिएन। सभ्यताहरू बिचको टकरावले संसारमा कहिल्यै शान्ति नहुने अवस्था हुन सक्थ्यो। (मध्यपूर्वको अवस्थाले यसलाई प्रष्ट गरेको छ।)
८. पौष २७ समग्र नेपालीको “कूलपूजा” को दिन हो। पृथ्वीनारायणले नेपाली माटोमात्र होइन-संस्कृति, परम्परा, भेषभुषा र भाषा(वर्तमान नेपालमा अस्तीत्वमा रहेका सबै एवं विश्वभर छरिएका नेपालीले अभ्यास गर्ने) को अस्तित्व सुनिश्चित गरेका हुन्।
९. नेपालको अस्तित्व चाहिन्छ भन्नु र पृथ्वीनारायणलाई अपराधी देख्नु परस्पर विपरित मान्यता हुन्-“उज्यालो चाहिन्छ तर सूर्य उदाउनु हुँदैन” भनेजस्तै हो।
१०. तसर्थ, बड़ामहाराजाधिराज पृथ्वीनारायण शाह नेपाली सेनाको मात्र होइन, कसैले मानोस्/नमानोस् “नेपाली” भनेर अहिलेको विश्वले चिन्ने सबै जातका मानिसहरू, तिनका परम्परा, संस्कृति, सभ्यता, भाषा, भेष र भावनाको पनि पिता हो, नभए अभिभावक हो/संरक्षक हो।
र अन्त्यमा,
सिंगो भारतवर्ष उपनिवेशको दासता भोगिरहदा दुई विशाल साम्राज्य बिचमा एक स्वतन्त्र र सार्वभौम देश खडा गर्ने कुरा आफैमा उल्लेख्य कदम हो। पृथ्वी नारायण शाहको व्यक्तित्व साच्चै भन्ने हो भने हाम्रा छिमेक र मित्र राष्ट्रहरूका लागि समेत आदर्श हुन सक्थ्यो, तर हाम्रो बर्तमान शासक उनको अवमुल्यन गर्नमा नै गर्व गर्छ। हामीहरू मण्डेला र गान्धी आदिको जीवनी पाठ्यपुस्तकमा पढछौं, तर पृथ्वी नारायण शाहको बारेमा नेपालको राज्यस्तरबाटै अवमुल्यन हुँदा विश्वले कसरी उनलाई सम्मान गरोस ? हिन्दुस्थान सरजिमिमा परिरहेछ भनेर चिन्ता गर्ने हाम्रा राष्ट्र निर्माता जसले नेपालको मात्रै चिन्ता गरेनन, भारतीयहरूको पनि चिन्ता गरे र उपनिवेशवादी अंग्रेजलाई लखेटनुपर्छ भने, उनि आजका भारतीयहरूको लागि आदर्श व्यक्ति बन्न सक्दैनन् त ?
तर विडम्बना मान्नुपर्छ कि बर्तमान समयमा पृथ्वी नारायण शाहलाई सबैभन्दा धेरै दुत्कार्ने, अपमानित गर्ने र उनको शालिक फोर्नेहरू नै पटक पटक सत्ता सम्हालिरहेका छन्। गान्धी, माओ, लेनिन, र स्टालिनलाई आदर्श ठान्ने र उनीहरूको जन्म जयन्तीमा भव्य कार्यक्रम आयोजना गर्ने राजनैतिक दलहरूले पृथ्वी जयन्तीमा कुनै औपचारिक कार्यक्रम गर्ने गरेका छैनन्, गर्दैनन् । पछिलो राजनैतिक परिवर्तनसँगै राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा समेत काटिएकोमा राजनैतिक सौदावाजीको परिणाम स्वरुप भएपनि पछिलो समय सार्वजनिक विदा पाउनुलाई पनि उपलब्धि ठान्नु परेको छ। यस दिनलाई जसरी देशभक्त नेपालीहरूले हर्षोल्लासका साथ उत्सव मनाउछन र बडामहाराजधिराजलाई स्मरण गर्छन त्यसरी नै हाम्रा राजनैतिक दलहरूले पनि राष्ट्र निर्मातालाई स्मरण गर्ने दिन निकट भविष्यमा आओस भन्ने कामना गरौँ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बालेनसहित थप ९ जनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
-
सरकारी जग्गा निजी व्यक्तिको नाममा गर्ने मालपोतका नासुसहित तीन जनाविरुद्ध मुद्धा
-
राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन (पूर्ण पाठ)
-
मन्त्री छोडेर चुनाव लड्न जानु बेइमानी होइन- प्रधानमन्त्री कार्की
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न ७ जना पक्राउ
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।