स्वास्थ्यकर्मीमाथिको आक्रमण अस्वीकार्य- स्वास्थ्य मन्त्रालय
११ श्रावण, २०८३, सोमवार
- बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीबाट कुनै त्रुटि भएको आशंका भए त्यसको छानबिन र न्यायका लागि प्रचलित कानुनअनुसार व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस्ता हिंसात्मक घटनाप्रति शून्य सहनशीलताको नीति दोहोर्याएको छ ।
काठमाडौं: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीबाट कुनै त्रुटि भएको आशंका भए त्यसको छानबिन र न्यायका लागि प्रचलित कानुनअनुसार व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस्ता हिंसात्मक घटनाप्रति शून्य सहनशीलताको नीति दोहोर्याएको छ ।
मन्त्रालयले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील भएकाले सेवाग्राही र सेवा प्रदायक दुवैले यसको संवेदनशीलता बुझ्नुपर्ने जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्भय, सुरक्षित र उच्च मनोबलका साथ सेवा दिन सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा नियमित रूपमा सञ्चालन गर्न, स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाही गर्न तथा सर्वसाधारणलाई अस्पतालको संवेदनशीलता बुझेर उपचार सेवा अवरुद्ध नहुने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेको छ । साथै सबै पक्षलाई संयमित भई स्वास्थ्य सेवा सुचारु राख्न सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।