‘जेनजी डाक्टरलाई न्याय दे’ भन्दै माइतीघरमा युवा चिकित्सकको प्रदर्शन
३० जेठ, २०८३, शनिवार
- प्रशिक्षार्थी चिकित्सकहरूलाई लामो समयसम्म काम गर्न बाध्य पारिएको, श्रम ऐनअनुसारको सुविधा नपाएको र अध्ययन–प्रशिक्षणका क्रममा विभिन्न समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।
काठमाडौँ: जेनजी सरकार, जेनजी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
श्रम अधिकार, पारिश्रमिक, बिदा, मानसिक स्वास्थ्य र चिकित्सा शिक्षासम्बन्धी ७ बुँदे माग राख्दै उनीहरू सडकमा उत्रिएका हुन्।
प्रशिक्षार्थी चिकित्सकहरूलाई लामो समयसम्म काम गर्न बाध्य पारिएको, श्रम ऐनअनुसारको सुविधा नपाएको र अध्ययन–प्रशिक्षणका क्रममा विभिन्न समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।
चिकित्सकहरूले श्रम शोषण अन्त्य गर्दै सुरक्षित र सम्मानजनक कार्य वातावरणको माग गरेका छन्।
साथै, बजेटमा बढाइएको तलब कार्यान्वयन गर्दै आवासीय चिकित्सकलाई अधिकृत आठौँ तह सरहको तलब साउनदेखि दिनुपर्ने र ४८ घण्टाभन्दा बढी काम गराए अतिरिक्त भत्ता दिनुपर्ने माग पनि उनीहरूले राखेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि
-
टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा
-
नेप्सेमा आज पनि गिरावट, ४ अर्ब २ करोडको कारोबार
-
यूएन महासभामा प्रधानमन्त्री नजाने, नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनालले गर्ने नेतृत्व
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।