इबोलाबाट कङ्गोमा दुई सयभन्दा बढीको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
११ जेठ, २०८३, सोमवार
- यसैबीच अमेरिका, चीन, जापान र फ्रान्सले पनि इबोला जोखिमलाई लिएर सतर्कता बढाएका छन् । ती देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा पारेका छन् र अफ्रिकी मुलुकबाट आउने यात्रुहरूमा विशेष निगरानी राखिएको छ ।
काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
कङ्गोमा पछिल्ला २० दिनमा करिब २०० जनाको मृत्यु भएको बताइएको छ । इबोला संक्रमणको त्रास बढेसँगै त्यहाँ स्यानिटाइजर र मास्कको मूल्य धेरै गुणा बढेको छ भने अस्पतालहरूमा बिरामीको चाप पनि उच्च रहेको छ ।
यसैबीच अमेरिका, चीन, जापान र फ्रान्सले पनि इबोला जोखिमलाई लिएर सतर्कता बढाएका छन् । ती देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा पारेका छन् र अफ्रिकी मुलुकबाट आउने यात्रुहरूमा विशेष निगरानी राखिएको छ ।
विश्वभर इबोला भाइरस रोग (ईभीडी) बाट संक्रमितमध्ये मृत्यु दर करिब २५ देखि ९० प्रतिशतसम्म रहने गरेको तथ्यांक छ । यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा देखिएको थियो, जसमा सुडान र तत्कालीन जाइरे (हालको लोकतान्त्रिक गणतन्त्र कङ्गो) मा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।
आपतकाल घोषणा पछि विभिन्न देशले विशेष गरी कङ्गो, युगान्डा र सुडान जाने वा त्यहाँबाट फर्किने यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेकाछन् । ती देशबाट फर्किने व्यक्तिमा ज्वरो, कमजोरी, वान्ता, पखाला, घाँटी दुख्ने वा शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी दिन भनिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।