सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गर्ने छु : मन्त्री गौतम

२०८२ पुष ११ शुक्रवार
सारांश
  • उनले आफ्नो अवधि छोटो भएपनि, जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जाने बताइन् ।

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर जाने बताएकी छन् ।


शुक्रबार सिंहदरवार वैद्यखाना अवलोकन गर्दै उनले आफ्नो अवधि छोटो भएपनि, जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जाने बताइन् ।


उनले भनिन्, ‘मेरो अवधि छोटो भएपनि, म जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जान्छु । त्यसकारण मन्त्री मात्र आएर हेरेर केही हँुदैन ।’


यस्तै, उनले वैद्यखानालाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्व र टिमलाई स्थायित्व दिने, प्रोत्साहन गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने र राखेको पनि बताइन् ।


उनले भनिन्, ‘हामीले वैद्यखानालाई प्राथमिकतामा राख्ने हो र राखेकै पनि छौँ । नीतिगत रुपमा वैद्यखाना विकास समिति गठनको जुन खाका तयार भयो त्यो नै गलत भयो कि जस्तो बुझियो अहिले आउँदा, यो संस्था क्रमश ओरालो लाग्दै गएको देख्दा त्यही समस्या भएको जस्तो लाग्यो । यसलाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्वलाई र यहाँको टिमलाई स्थायित्व दिने, प्रोत्साहन गर्ने, लामो समय काम गरेपछि पनि स्तर वृद्धि नभएको कुराहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ, राख्ने पनि छु ।’


आफ्नै देशको जडीबुटी उत्पादन र प्रशोधन गर्न सक्यौं भने वैदेशिक रोजगारीमा जाने जनशक्ति पनि कम हुँदै जाने उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार