ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता
२०८२ कार्त्तिक ०२ आइतवार
- अस्पताललाई विश्व स्ट्रोक संगठन(डब्लुएसओ)ले ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ को रुपमा मान्यता प्रदान गरेको हो । नेपालमा यस्तो मान्यता प्राप्त गर्ने ग्राण्डी पहिलो अस्पताल बनेको हो ।
काठमाडौं : नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ ।
अस्पताललाई विश्व स्ट्रोक संगठन(डब्लुएसओ)ले ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ को रुपमा मान्यता प्रदान गरेको हो । नेपालमा यस्तो मान्यता प्राप्त गर्ने ग्राण्डी पहिलो अस्पताल बनेको हो ।
डब्लुएसओले अस्पतालको गुणस्तर, पूर्वाधार, चिकित्सकीय सेवा, उपचार प्रक्रिया, र नतिजाको कडा मूल्याङ्कनपछि गत अक्टोबर १७ मा यो मान्यता प्रदान गरेको हो ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा न्यूरोलोजिस्ट तथा स्ट्रोक कार्यक्रम निर्देशक डा.राजु पौडेलले भने, ‘यो मान्यता हामीले नेपाली जनतालाई विश्वस्तरीय सेवा दिने हाम्रो अटुट प्रतिबद्धताको प्रमाण हो ।’
अस्पतालले यो उपलब्धिको लागि स्ट्रोक उपचारमा संलग्न विशेषज्ञहरुको बहु–आयामिक टोली निर्माण गरेको छ, जसमा न्यूरोलोजिस्ट, न्यूरोसर्जन, इन्टरभेन्सनल रेडियोलोजिस्ट, आपतकालीन चिकित्सक, आईसीयू नर्स, फिजियोथेरापिस्ट, स्पिच थेरापिस्ट लगायतका स्वास्थ्यकर्मीहरु समावेश छन् ।
साथै, उच्चस्तरिय न्यूरोइमेजिङ प्रविधि, थ्रोम्बोलाइटिक थेरापी र थ्रोम्बेक्टोमी जस्ता अत्याधुनिक विधिहरूको प्रयोग गरेर उपचारको गुणस्तरमा अभूतपूर्व सुधार ल्याइएको अस्पतालले जानकारी दिएको छ ।
ग्राण्डी अस्पतालको मूल्याङ्कन र प्रमाणिकरण प्रक्रिया डब्लुएसओकी महासचिव डा. डियेड्रे डी सिल्भा (सिंगापुर) तथा ग्लोबल सर्टिफिकेशन लिड रुपाल सेदानीको नेतृत्वमा सम्पन्न भएको थियो । प्रमाणपत्र डब्लुएसआ ेअध्यक्ष डा.जयराज डी पाण्डियन, निवर्तमान अध्यक्ष डा.शीला मार्टिन्स, र कोषाध्यक्ष डा.भ्यालेरिया कासोद्वारा प्रदान गरिएको थियो ।
न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा.सुवास फुयालले मस्तिष्कघातका बिरामीका लागि समय नै जीवन हो भन्ने उल्लेख गर्दै भने, ‘ठूलो रक्तनली अवरोधमा गरिएको थ्रोम्बेक्टोमी जस्ता विधिहरूले जीवन र मृत्युको खाडल कम गर्न सक्नेछन् ।’
उनका अनुसार अस्पतालले कोइलिङ, स्याक्युलर डाइभर्सन, क्यारोटिड स्टेन्टिङ, फ्लो डाइभर्टर, र आर्टेरियो भेनस मालफर्मेशन जस्ता जटिल न्यूरोइन्टरभेन्सन विधिहरू अपनाउँदै आएको छ ।
अस्पतालका मेडिकल निर्देशक डा. विनोद विजुक्छेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले न्यूरोलोजिकल उपचारमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिन पूर्ण प्रतिबद्धता जनाएको बताए ।
‘हामी निरन्तर उत्कृष्टता हासिल गर्न प्रयासरत छौं ।मस्तिष्कघात उपचारमा ग्राण्डीले विश्वस्तरको मापदण्ड पूरा गर्नेछ,’उनले भने ।
नेपालमा हरेक १० मिनेटमा एक जना मस्तिष्कघातबाट प्रभावित हुने तथ्याङ्कले उपचार सेवाको आवश्यकता र महत्व झनै बढाएको छ । यस्तो अवस्थामा ग्राण्डी अस्पतालको यो अग्रसरता नेपाली स्वास्थ्य क्षेत्रका लागि माइलस्टोन सावित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’