वायु प्रदूषणका विषयमा छलफल

२५ चैत्र, २०८१, सोमवार
सारांश
  • विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १७ औँ बैठकले वायु प्रदूषणका विषयमा छलफल गरेको छ ।

काठमाडौं, चैत २५ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १७ औँ बैठकले वायु प्रदूषणका विषयमा छलफल गरेको छ ।

 

सोमबार बसेको परिषद्को १७ औँ बैठकले वायु प्रदूषण कम गर्न सम्पूर्णमा सचेतना फैलाउनु र नियन्त्रण गर्नका लागि जनशक्ति परिचालन गर्न समेत निर्देशन दिने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले जानकारी दिए ।

 

उनले भने, ‘वायु प्रदूषणमा विषयमा आज छलफल भयो । वायु प्रदूषणको एउटा मुख्य कारक अहिले वनडढेलो हो यो सम्बन्धी पनि जानकारी गराइयो । यो सम्बन्धी परिषद्ले गृहमन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, स्थानिय सरकार सम्पूर्णमा सचेतना पनि फैलाउनु र नियन्त्रण गर्नका लागि जनशक्ति परिचालन गर्न समेत निर्देशन दिने निर्णय गरेको छ ।’

 

साथै  बैठकले जाजरकोटको भूकम्प र डोटी बझाङको भूकम्पले पुर्याएको विस्तृत क्षति आँकलन राम्रो गतिले गैइरहेको बताए । उनले ६ हजार घरको डिडिए आएको छ र त्यो डिडिए १ महिनाभित्र सम्पन्न गर्ने गरी टोली परिचालन गरिने समेत भट्टले बताए । 


उनले भने,‘जाजरकोटको भूकम्प र डोटी बझाङको भूकम्पले पुर्याएको विस्तृत क्षति आँकलन धेरै राम्रो तरिकाले गएको थिएन पहिले । अहिले यो एकदमै  राम्रो  गतिमा गैइरहेको छ भनेर परिषद्को १७ औँ बैठकमा जानकारी गराइयो । अर्को असोजको मनसुन जन्य विपद् थियो त्यसमा पनि हामीले काम अगाडि बढाउन सकेका थिएनौं । घरको क्षतिको आँकलन गर्न फिल्डमा सिकाउने निर्णय गरेका छौं । अहिले ६ हजार घरको डिडिए आएको छ त्यो डिडिए १ महिनाभित्र सम्पन्न गर्ने गरी त्यो टोली परिचालन गर्दैर्छौं ।’
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार