- भण्डारी तीन महिनादेखि सिभिल अस्पताल मीनभवनमा उपचाररत हुनुहुन्छ ।
जुम्ला, ६ फागुनः रक्त क्यान्सरबाट पीडित यहाँको गुठीचौर गाउँपालिका–५ का ५१ वर्षीय सत्यबहादुर भण्डारीको उपचारका लागि परिवारले सहयोगको आग्रह गरेको छ । छोरा दीपेन्द्र भण्डारीले बुवाको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको आग्रह गर्नुभएको हो ।
भण्डारी तीन महिनादेखि सिभिल अस्पताल मीनभवनमा उपचाररत हुनुहुन्छ । छोरा दीपेन्द्रका अनुसार बुबाको उपचारमा धेरै रकम खर्च भइसकेकाले थप उपचारका लागि आर्थिक समस्या भएको छ । “बुबाको उपचारका लागि अझै धैरै खर्च लाग्ने भएको छ । सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे मेरो बुबाले पुनर्जीवन पाउनुहुन्थ्यो, त्यसैले सहयोगको आग्रह गरेका हौँ,” छोरा दीपेन्द्रले भन्नुभयो ।
सहयोग गर्न चाहनेहरुले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडमा रहेको सत्यबहादुर भण्डारीको खाता नं ०२२०५१२०२८०८१५मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ । भण्डारीलाई सहयोग गर्न चाहनेले छोरा दीपेन्द्रको फोन नं ९८४८३५६६५९ मा सम्पर्क गर्न सकिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’