- आइतबार सिहंदरबारमा संसदलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने विषयमा सचेतकहरुसँग छलफल गरेका हुन् ।
काठमाडौं : सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन्
आइतबार सिहंदरबारमा संसदलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने विषयमा सचेतकहरुसँग छलफल गरेका हुन् ।
बैठकपछि गठबन्धन दलका मुख्यसचेतक महेश बर्तौलाले गत २४ गतेको बैठकमा विधायनसँग सम्बन्धित विधेयकलाई लिएर संसदमा उठेको भन्दै त्यसलाई मिलाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताए ।
उनले भने,‘अस्ति २४ गतेको बैठकमा विधायनसँग सम्बन्धित विधेयकको बारेमा केही विषय बाँकी थियो । समितिको तर्फबाट एउटा प्रतिवेदन पेस भएको थियो । त्यसका सम्बन्धमा केही मान्यज्युहरुले अझ समृद्ध बनाउन सुझाव दिनु भएको छ । तीनै विधेयकलाई लिएर संसदमा उठेको कुराहरुलाई मिलाएर कसरी अगाडि बढ्ने भन्ने नै छलफल भयो ।’
त्यस्तै प्रमुख प्रतिपक्षदलका प्रमुख सचेतक हितराज पाण्डले सरकारले संसदको विधि, अभ्यास र प्रकृयालाई मिचेर विधेयक ल्याएको भन्दै सोही विषय छलफलमा राखेको बताए ।
उनले भने,‘सरकारले जसरी हाम्रो संसदको विधि,अभ्यास र प्रकृयालाई मिचेर अध्यादेश ल्याएको छ । यो विषयमा हुँदैन भनेर हामी प्रतिपक्षदलको हैसियतले राखेको छौं । फेरी पनि संसदलाई अगाडि बढाउनुपर्छ । भन्ने कुराकानी छ । बाँकी कुरा संसदमालाई कसरी अगाडि लाने भन्ने नै छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।