नेपालमा क्यान्सरको उपचार पद्धतीको अझै विकास भइसकेको छैन् : मन्त्री पौडेल

२०८१ माघ २६ गते शनिवार
सारांश
  • क्यान्सरको उपचारको लागि हामीले उपचारात्मक प्रणाली विकासका लागि अझै धेरै काम गर्न बाँकी छ तर जटिल बनिरहेको छ ।

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले क्यान्सरको उपचारको लागि नेपालमा उपचारात्मक प्रणालीको विकास नभएको बताएका छन् ।


शनिबार अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध आयोजना गरेको कार्यक्रममा बोल्दै उनले क्यान्सरको उपचार पद्धति नेपालमा पूर्णरुपमा विकसित अझै नबनेको र त्यसमा धेरै काम गर्न बाँकी रहेको बताएका हुन् । 


उनले भने, ‘नेपालमा धेरैले दुःख पाउने र धेरैको मृत्यु हुने कारण क्यान्सर पनि एक हो । यसको उपचार पद्धति नेपालमा पुर्णरुपमा विकसित भइनसकेको अवस्था छ । क्यान्सरको उपचारको लागि हामीले उपचारात्मक प्रणाली विकासका लागि अझै धेरै काम गर्न बाँकी छ तर जटिल बनिरहेको छ । गत बर्षको तथ्याङकमा १४ हजार  मानिसहरु क्यान्सरको कारण मृत्यु भएको तथ्याङक छ । त्यसकारण यसलाई गम्भीर लिनुपर्छ ।’


मन्त्री पौडेलले क्यान्सर रोगलाई प्राथमिकतामा राखेर राज्यले प्रस्ट नीति र उपचारात्मक पद्धतिलाई पूर्ण बनाउन राज्यको लगानी गर्नुपर्ने बताए । 


उनले पछिल्लो समय क्यान्सर मात्र नभई अन्य रोगको पनि बिरामी बढिरहेको बताए । 


उनले भने, ‘यसलाई प्राथमिकतामा राखेर राज्यले प्रष्ट नीतिमा उपचारात्मक पद्धतिलाई पूर्ण बनाउन राज्यको लगानी आवश्यक छ । क्यान्सर मात्र होइन अन्य रोगको पनि बिरामी बढिरहेको छन् । बिरामी बढिरहने उपचार पद्धति पनि पूर्ण नहुने अवस्थाले स्थिथि झन गम्भीर बनेर जान्छ ।’   

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार