रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई एचपीभी खोप लगाइने

२०८१ माघ १५ गते मंगलवार
सारांश
  • कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप दिइने भएको हो । यहाका १० बर्ष देखि १४ बर्षसम्मको विद्यालय बाहिर रहेकालाई खोप लगाइने भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहट प्रमुख राजेश सिंहले बताए ।


रौतहट :पाठेघरको मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप” अन्तर्गत रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई लगाइने भएको छ । 


कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप दिइने भएको हो । यहाका १० बर्ष देखि १४ बर्षसम्मको विद्यालय बाहिर रहेकालाई खोप लगाइने भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहट प्रमुख राजेश सिंहले बताए । 


उनका अनुसार सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेका १० हजार भन्दा बढि गरेर ४९ हजार २६९ जनालाई एचपीभी खोप लगाइने छ ।यो अभियानका लागि यहाका स्वास्थ्य संस्थामा कार्यरत दुई सय जनशक्तिलाई तालिम दिइसकेको उनले जानकारी दिए । 


यस जिल्लामा दुई चरणमा खोप लगाइने तयारी थालिएको र सम्पूर्ण तयारी पुरा भईसकेको उनको भनाइ छ । माघ २३ गते  पहिलो र माघ ३० गते दोस्रो चरणमा खोप लगाइने अभियान थालिने स्वास्थ्य कार्यालयका प्रमुख सिंहले बताए ।


पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ तथा माघ ३० गतेदेखि हुने दोस्रो चरणमा गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुरका किशोरीलाई एचपीभी खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । 


स्वास्थ्य मन्त्रालयको तथ्याङ्ग अनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको मृत्यु हुने गरेको जनाइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार