निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी छ: मन्त्री पौडेल

२०८१ माघ १ गते मंगलवार
सारांश
  • राष्ट्रिय योग दिवसको मुल समारोहमा बोल्दै मन्त्री पौडेलले कोलाहल,स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्याग्रस्त बनाएको बताएको हुन् ।

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समय मानिसहरु  मानसिक रुपमा समस्याग्रस्त बन्दै गएको बताएका छन् । 


राष्ट्रिय योग दिवसको मुल समारोहमा बोल्दै मन्त्री पौडेलले कोलाहल,स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्याग्रस्त बनाएको बताएको हुन् । 


उनले भने,‘हामीले बहस नगरेको पक्ष पुर्नस्थापना । यसमा बहस गर्ने बेला आएको छ । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु समस्याग्रस्त भएको स्थिति छ । यस्तो कोलाहल, भिडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्या ग्रस्त बनाएको अवस्था छ । यस्तो जटिल समस्यालाई कुन माध्यमबाट हल गर्न सकिन्छ र उपचार विधि के भन्ने भनेर बहस गर्ने बेला आएको छ ।’


मन्त्रीले पौडेलले कोहीपनि इच्छाले रोगी नभएको बताए । उनले निरोधात्मक, रक्षात्मक क्षेत्रसँगै उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताए । 


उनले भने,‘ निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न जरुरी छ । साथै पुर्नस्थापनाको क्षेत्रमा काम गर्न जरुरी छ । उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । कोही बिरामी भयौं भने उपचार कसरी गर्ने भन्ने बारेमा चिन्ता गरेको देखिन्छ । तर बिरामी हुन नदिने भन्नेमा काम गर्न सकिएको छैन् । यसरी नै बिरामी बढ्दै जाने हो भने उपचार गर्न सक्दैनौ । 

 

त्यसैले स्वस्थ्य नेपाली, स्वस्थ्य नेपाल निर्माण गर्नको लागि मान्छेले रहरले रोग बोकेको हुँदैन, नजानेर बोकेको हुन्छ । कसैलाई पनि क्यान्सर बोक्ने इच्छा हुदैन् । कसैलाई पनि किट्नीमा समस्या भएर बाच्ने इच्छा हुदैन् तर क्यान्सर हुन नदिन के गर्ने यसमा काम गर्नुपर्छ । त्यसैले हामीले निरोधात्मक क्षेत्रमा काम गर्न सकेको छैनौ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार