फिलिपिन्समा प्रशिक्षणका क्रममा दुई विमान ठोक्किँदा चार पाइलटको मृत्यु

७ कार्तिक, २०८३
सारांश
  • फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा दुई सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार पाइलटको मृत्यु भएको छ ।

एजेन्सी, ०७ कार्त्तिक । फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा दुई सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार पाइलटको मृत्यु भएको छ ।

 

फिलिपिन्स वायु सेनाका अनुसार राजधानी मनिलाको दक्षिणमा रहेको बाताङ्गास प्रान्तस्थित फर्नान्डो वायु सैनिक अड्डामा शुक्रबार दुई वटा एसएफ–२६० प्रशिक्षण विमान दुर्घटनामा परेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार दुवै विमान आकाशमै एकआपसमा ठोक्किएका थिए ।

 

दुर्घटना वायु सैनिक अड्डाको परिसरमै भएको थियो। घटनामा चार पाइलटको मृत्यु भए पनि अन्य कुनै व्यक्ति हताहत नभएको सेनाले जनाएको छ ।

 

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। अनुसन्धान पूरा नहुँदासम्म वायु सेनाले आफ्ना सबै एसएफ–२६० प्रशिक्षण विमानको उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

 

यसअघि गत मे महिनामा उत्तरी फिलिपिन्सको पहाडी क्षेत्रमा एसएफ–२६० प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको थियो। सन् २०२३ मा पनि यस्तै विमान दुर्घटनामा दुई पाइलटले ज्यान गुमाएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार