क्यालिफोर्नियामा अर्बपतिमाथि पाँच प्रतिशत सम्पत्ति कर लगाउने प्रस्तावमा मतदान हुने
७ कार्तिक, २०८३
- अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्बपतिहरूको कुल सम्पत्तिमा एकपटक पाँच प्रतिशत कर लगाउने प्रस्तावमाथि मतदाताले निर्णय गर्ने भएका छन् ।
काठमाण्डौ, ०७ कार्त्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्बपतिहरूको कुल सम्पत्तिमा एकपटक पाँच प्रतिशत कर लगाउने प्रस्तावमाथि मतदाताले निर्णय गर्ने भएका छन् । प्रस्ताव पारित भएमा सङ्कलित रकम स्वास्थ्य सेवामा सुधार गर्न र सरकारी बजेटको अभाव पूर्ति गर्न प्रयोग गरिनेछ ।
नोभेम्बर ३ मा मतदान भएपछि सो प्रस्ताव पारित भएमा आगामी जनवरी १ मा क्यालिफोर्नियाका बासिन्दा रहेका र कम्तीमा एक अर्ब अमेरिकी डलर सम्पत्ति भएका व्यक्तिमाथि कर लगाइनेछ । यसबाट करिब एक खर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखिएको छ । सङ्घीय सरकारबाट स्वास्थ्य सेवामा हुने आर्थिक सहयोग कटौती भएपछि त्यसको असर कम गर्न यो प्रस्ताव ल्याइएको समर्थकहरूको भनाइ छ ।
प्रस्तावको समर्थन गर्नेहरूले अर्बपतिहरूले पनि आफ्नो क्षमताअनुसार कर तिर्नुपर्ने र बढ्दो आर्थिक असमानता घटाउन यसले सहयोग गर्ने बताएका छन् । बर्नी स्यान्डर्स र प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले पनि प्रस्तावप्रति समर्थन जनाएका छन् ।
तर, प्रस्तावको विरोध गर्नेहरूले यसले धनी व्यवसायी तथा लगानीकर्तालाई अन्य राज्यमा पलायन हुन प्रोत्साहित गर्ने र त्यसबाट राज्यको आम्दानी तथा रोजगारीमा असर पर्ने बताएका छन् । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसम पनि प्रस्तावको विपक्षमा छन् ।
सम्पत्ति करको प्रस्तावपछि गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिनसहित केही अर्बपतिले क्यालिफोर्निया छाडेको विवरण सार्वजनिक भएको छ । मेटाका प्रमुख मार्क जुकरबर्गले पनि आफ्नो मुख्य निवास अन्यत्र सार्ने विषयमा विचार गरेको बताइएको छ ।
लस एन्जलस टाइम्स र बर्कले इन्स्टिच्युट अफ गभर्मेन्टल स्टडिजले सार्वजनिक गरेको सर्वेक्षणअनुसार सेप्टेम्बरमा ४५ प्रतिशत सम्भावित मतदाता प्रस्तावको पक्षमा, ४२ प्रतिशत विपक्षमा र १३ प्रतिशत अनिर्णीत थिए । प्रस्ताव पारित हुन राज्यका बहुमत मतदाताको समर्थन आवश्यक पर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
-
फिलिपिन्समा प्रशिक्षणका क्रममा दुई विमान ठोक्किँदा चार पाइलटको मृत्यु
-
फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।