फ्रान्सका विभिन्न सहरमा कर्फ्यु, दङ्गामा २ हजार ५०० भन्दा बढी पक्राउ

३ कार्तिक, २०८३
सारांश
  • फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र सार्वजनिक सेवाको अवस्थालाई लिएर भएका प्रदर्शन हिंसात्मक बनेपछि पेरिससहित विभिन्न सहरमा रात्रीकालीन कर्फ्यु लगाइएको छ ।

काठमाण्डौ, ०३ कार्त्तिक । फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र सार्वजनिक सेवाको अवस्थालाई लिएर भएका प्रदर्शन हिंसात्मक बनेपछि पेरिससहित विभिन्न सहरमा रात्रीकालीन कर्फ्यु लगाइएको छ ।

 

पेरिसको प्लास द ला रिपुब्लिक र लेस आल क्षेत्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको छ। मार्से, बोर्डो, निस र लियोनसहितका सहरमा पनि आंशिक कर्फ्यु लगाइएको छ ।

 

प्रदर्शनका क्रममा २ हजार ५०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् भने करिब १ हजार सुरक्षाकर्मी घाइते भएका छन् । दङ्गाका क्रममा पसल, सवारीसाधन र भवनमा आगजनी तथा लुटपाट भएको छ ।

 

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणका लागि सहयोग उपलब्ध गराउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाट त्यसको खर्च असुल्ने बताएका छन् ।

 

फ्रान्सका वाणिज्य तथा उद्योगसम्बन्धी संस्थाका अनुसार हिंसाका कारण २ हजारभन्दा बढी पसल तथा व्यवसाय प्रभावित भएका छन् । क्षतिको रकम करोडौँ युरो पुग्न सक्ने अनुमान गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार