इन्डोनेसिया भूकम्प: दर्जनौं पराकम्पन, १४ जनाको मृत्यु
२०८३ श्रावण ३० शनिवार
- इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
एजेन्सी, ३० श्रावण । इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको विपद् न्यूनीकरण निकायका अनुसार भूकम्पमा अन्य केही व्यक्ति घाइते भएका छन् ।
उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। भूकम्पबाट क्षतिग्रस्त भवनमा फसेका मानिसको उद्धार गर्न टोली परिचालन गरिएको छ ।
भूकम्पपछि दर्जनौँ परकम्पसमेत आएका छन्। तीमध्ये ६.१ म्याग्निच्युडको परकम्प शक्तिशाली रहेको जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो। तर, प्रारम्भिक भूकम्प गएको करिब तीन घण्टापछि उक्त चेतावनी हटाइएको छ ।
भूकम्प स्थानीय समयअनुसार शनिबार बिहान फ्लोरेस टापुमा गएको थियो । इन्डोनेसियाको मौसम तथा भूभौतिकी निकायका अनुसार भूकम्पको केन्द्र १५ किलोमिटर गहिराइमा थियो। भूकम्पको केन्द्र सतहको नजिक हुँदा त्यसको प्रभाव सामान्यतया बढी विनाशकारी हुने गर्छ ।
भूकम्पबाट माउमेरे बन्दरगाह क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । सार्वजनिक भएका दृश्यमा अन्तरद्वीपीय यात्रु पानीजहाज चढ्न प्रतीक्षा गरिरहेको टर्मिनल भवनको कङ्क्रिटको ठूलो भाग खसेको देखिएको छ । पानीजहाजतर्फ जाने बाटो भत्किँदा केही मानिस समुद्रमा खसेका थिए । उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। क्षतिको पूर्ण विवरण संकलन गर्ने कामसमेत भइरहेको अधिकारीहरूले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस महाधिवेशन: असोज १८ गते खुलामञ्चमा उद्घाटन, निर्वाचन असोज २१ र २२ गते
-
अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।